Friday, September 21, 2012

नगरपालिकाले घाँस फाड्ने अभियान चालौं ।

नगरपालिकाले घाँस फाड्ने अभियान चालौं ।

वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
                बर्षयामसँगै ह्वाटै उम्रेका घाँसले सडकका पेटी धाक्न लागेको छ । लेवोरटेरी नयाँबाटोदेखि कीर्तिपुर तीनकुनेसम्म उम्रेका घाँसले सडक पेटी मात्र होइन सडकमा समेत घाँस अतिक्रमण भइरहेको छ । त्यस्ता घाँस फाडेर कीर्तिपुर प्रवेशमा शोभानीय बनाउन नगरपालिको सडक कर्मचारी खटाउनुपर्ने जरुरी भैसकेको छ ।
    कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज र कीर्तिपुर नगरपालिकाको सहकार्यमा नयाँबजारको कीर्तिपुर प्रवेश गेटको उत्तरतर्फ त्रिविको पर्खालनेर सम्म पार्दै घाँस सम्म पार्दै सिमेन्ट बल्क बिछ्याएर जुन शोभानीय बनायो त्यसरी नै लेवोरटरी नयाँबाटोदेखि घाँस फाड्ने र दायाँबायाँ हरित क्षेत्र बनाउन सके अझ राम्रो हुनेछ । यसमा कीर्तिपुर नपाको ध्यान जाओस् । सहिदको बर्ष ९ अंक २० मा भाजंगाल लगायत ढलजाम भै सडकमा पानी बगेको समचार छापेपछि नगरपालिकाको ध्यानकर्षण गरेको थियो । जसबाट प्रभावित भै केही ढल खोल्ने कार्य गरेको छ । त्यहाँ अहिले सडक पिच भै बाटोबाट पानी बग्ने रोकेको छ ।

– एसम, कीर्तिपुर

No comments:

Post a Comment