Friday, September 28, 2012

बन्दै बन्दको त्रिवि पदाधिकारी कक्ष

बन्दै बन्दको त्रिवि पदाधिकारी कक्ष

तीन उच्च कर्मचारीलाई थुनेको त्रिवि सेरिड भवन

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)   
        नेपालको जेठो विश्वविद्यालय कहिल्यै शान्त भएन । विश्वविद्यालय स्थापनाको ५३ औं वर्ष वार्षिक दिवस मनाउँदा पनि कालो झण्डाको सामना गर्नु परेको थियो ।
    कीर्तिपुरवासीको जग्गा अधिकरण गरेदेखिनै त्रिविबाट गर्नुपर्ने कार्यान्वयन नगरेकोले त्रिवि र कीर्तिपुरवासीबीचको तनाव अझ मत्थर हुनसकेको छैन । हालै आएर सकारात्मक वातावरण बनेको अवस्थामा पनि त्रिविले अझ सम्वेदनशील बन्न सकेको छैन ।
    त्रिवि उपकुलपति, रजिष्टार, रेक्टार कक्ष कहिले कीर्तिपुरवासीको आन्दोलनबाट, कहिले विद्यार्थी  संगठनबाट, कहिले आफ्नै प्राध्यापकहरुबाट त्रिविका केन्द्रीय कार्यालय, विभागीय कार्यालय बन्द हुने क्रम अहिलेसम्म रोकेको छैन ।
पहिलो गाँसमैढुङ्गा भने झैं उपकुलपति नियुक्ति साउन २३ गते लगत्तै २४ गतेबाट एकमहिनाम त्रिवि केन्द्रीय कार्यालय का मुलद्वारमै तालाबन्दी भयो ।
        अहिले पनि लोकतान्त्रिक प्राध्यापक संघले  ८ सूत्रीय माग राखी त्रिवि केन्द्रीय कार्यालयमा रहेको उपकुलपति, रजिष्टार र रेक्टारको कार्य कक्ष अनिश्चितकालको लागि तालाबन्दी गरेको छ । कार्य कक्ष तालाबन्दी मात्र होइन ती उच्च पदाधिकारीहरुलाई प्राध्यापकहरुले नै असोज ७ गते आइतवार माग पुरा गराउन दवाव स्वरुप बल्खुस्थित सेरिडमा २६ घन्टा थुनेर पनि राखे ।
    धर्नाको क्रममा केही घन्टा थुन्नु एउटा सामान्य होला तर दिन रात कोठामा कैद गर्नु विश्वविद्यालयको इतिहासमै पहिलो हो ।
    उच्च तहका गुरुहरु कोठाभित्र र आन्देलनरत प्राध्यापकहरु कोठा बाहिर रात विताएको घटनाले शैक्षिक क्षेत्रमै नराम्रो सन्देश दिएको सवैले महसुस गरेका छन् । राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपले नै नेपालको उच्च शैक्षिक क्षेत्रमा उच्च स्तरका ब्यक्तित्वमाथिको ब्यवहारवारे गहिरिएर सोच्नुपर्ने बाध्यता बनाएको छ ।

किन तालाबन्दी हुन्छ, पटक पटक ?

    त्रिवि जस्तो गरिमामय शैक्षिक केन्द्रमा किन पटक पटक तालाबन्दी हुन्छ ? के तालाबन्दी नै समस्या समाधानको अन्तिम उपाय हो ? बन्दै बन्दवारे त्रिविका उच्च पदस्थ कुलपति देखि सवैले गम्भिर हुनुपर्दैन ?
    जुन जोगी आए पनि कानै चिरेको भने झैं जुन पार्टीको सरकार बन्यो त्यही पार्टीको मान्छेले मात्र उपकुलपति, रजिष्टार र रेक्टर पाउने हो ? विश्व विद्यालयको आफ्नै ऐन र नियम कानुन छैन ? रोलक्रम र शैक्षिक योग्यताको अपहेलना सरकारवादी पार्टीहरुको राजनैतिक हस्तक्षेप किन
भइरहन्छ ?
    यी सवै हुनुको कारण भागबण्डा र गलत राजनीतिको प्रयोगले नै हो । वेइमान गर्न नपाएसम्म इमान्दार बनेकाहरुको हातमा परेपछि शान्ति शुरक्षाको घेरा भित्र रहेर पनि असुरक्षा भोग्नुप¥यो ।
    अधिकारको लागि अन्दोलन गर्नु जायज छ । तर कोठामै रातभर थुन्नु मानविय ढंगले गलत छ । त्रिवि उच्च पदस्थ कर्मचारीले मागवारे समयमै वहस गरेको भए त्यस्तो दिन भोग्नुपर्ने थिएन होला ।

No comments:

Post a Comment