Friday, September 28, 2012

कीर्तिपुर नगरको फोहोर यत्रतत्र, सर्वत्र

कीर्तिपुर नगरको फोहोर यत्रतत्र, सर्वत्र

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)   
        कुचिकारविहीन कीर्तिपुर नगरपलिका भनी गर्व गरिरहेका कीर्तिपुर नगरपालिका पदाधिकारीहरु अहिले जहाँ गएपनि–पुगेपनि नाक थुनेर हिँड्नु पर्ने बाध्यता भएको छ । नगरका कर्मचारीलाई भन्दा सर्वसाधारण बढी दुर्गन्ध पीडित भएका छन् ।
    कीर्तिपुर नगरमा कुचिकार कर्मचारी छैन । किनकि कीर्तिपुर नगरका बासिन्दाहरुले सवेरै आफैले घर आगन सफा हुने गरी बधार्छन् र फोहोर संकलन गर्छन् । तैपनि कीर्तिपुर नगरका फोहोरहरु यत्रतत्र सर्वत्र फालिएका छन् ।
    नगरपालिका आफैले फोहोर तह लगाउने जिम्मा पनि लिनुपरेको छैन । कीर्तिपुरमा नीजि क्षेत्रबाट फोहोर व्यवस्थापन गरिरहेका छन् । नगरभित्र विशेष गरी कीर्तिपुर, नगाउँ, पाँगाको एरियामा ४–५ वटा नीजि संस्थाले मासिक सय रुपैयाँ देखि २०० सम्म रकम असुली फोहर व्यवस्थापन गरिरहेका छन् । फोहोर डम्पिङ्ग गर्न नगरपालिकाले ठाउँको व्यवस्था पनि गर्नुपर्ने हो । पछिल्लो समयमा कीर्तिपुर नयाँबजारको बसपार्कको दक्षिणतिर रहेको फाँटमा केही वर्ष फोहोर फाले, अहिले त्यहाँ बन्द भई सुलक्षण कीर्ति विहारको साइड चोभारमा फाल्न थाले त्यसपछि सुन्दरी घाटको पुलको उत्तरी साइडतिर फाले भने लेवोरेटरी विद्यालयको अगाडि खाली जग्गामा फालिए । जहाँ पायक त्यहीँ फाल्ने भैरहेको छ अहिले फोहोर व्यवस्थापन ।
    सहर बाहिरको त्यो दुर्दशा हो भने सहरभित्र मठ मन्दिरको नजिक, बोट विरुवाका झाङ्ग र खाली ठाउँ जहापनि फाल्न थालेका छन् फोहोर ।
    नगरपालिका कीर्तिपुरवासीको स्वास्थ्यको हितमा किन एक निश्चित स्थानमा फोहोर डम्पिङ्ग गर्न सक्दैन, किन चाहेनन् ? प्रश्न आम जनताले उठाउन थालिसकेका छन् । फोहोर मोहर बनाऔं भन्ने नाराका साथ संचालित कीर्तिपुर नगरकोको फोहोरले कीर्तिपुरलाई जिस्क्याईरहेको छ । कीर्तिपुर नगरले कुचिकारविहीन भएकोमा खुशी भएझैं फोहोर मोहर बनाई उचित व्यवस्था गरेमा अझ सबै खुशी हुन पाउने छन् , कसो कीनपा ।

No comments:

Post a Comment