प्रचण्ड, भट्टराई र महरा लडाकु भ्रष्टाचार !
अख्तियारको अग्निपरीक्षा ?
वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)
नेपाली जनतालाई मुक्तिको बाटो देखाउँदै ४० सुत्रीय माग पुरा गर्न थालिएको जनयुद्ध संसद पुनःस्थापनासँगै विसर्जन भयो ।
देशका ८० प्रतिशत गाउँ कब्जा गरेको दावी गर्दै २० प्रतिशत सहरी कब्जा गर्न बाँकी छँदा र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नीजि कार्यालय बालुवाटार प्रचण्डको प्रवेशसँगै अन्त्य भएको सबैमा ज्ञात होला । संसद पुनःस्थापनासँगै गणतन्त्र नेपाल र संविधान सभाको चुनावसम्म उपलब्धि हासिल गरेका लडाकुलाई वृहत शान्ति सम्झौतासँगै देशका २७ वटा क्यान्टनमेन्टमा कैद गरे । जनमुक्ति सेना कहलिएका ती लडाकुको सुरुको प्रमाणिकरण ३०८५२ रासनपानी स्वरुप ६२ रुपैयाँ थियो भने दोस्रोमा १९६०२ लाई २०६४ माघदेखि २०६८ माघसम्म जनही रु.७५/– दिदैं आएको थियो । ती लाडकुलाई दिँदै आएको भत्तामा भष्ट्रचार भएको भन्दै युवा संघ नेपालले असोज ५ गते अख्तियारमा उजुरी दिएका छन् ।
२०६३ मंसिरदेखि माओवादीले प्रस्तुत गरेका संख्यालाई प्रतिव्यक्ति ३ हजार उपलब्ध गराएको थियो । जसमध्ये ८ हजार ८ सय ५६ जना अनमिनले फेला नपरेकाको नाममा समेत ३७ करोड पार्टीले बुझिलियो ।
उजुरीमा २०६५ कार्तिकमा लडाकु भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्यायो ।
त्यसबेला पनि अनमिनले प्रमाणित गरेका विशेष समितिले फेला नपरेका २४३२ ....२०६४ देखि २०६५ सम्म ६ करोड ५७ लाख गरी ४ अर्वको भष्ट्राचार गरेको आरोप लगाउँदै तत्काल प्रम प्रचण्ड, अर्थमन्त्री एवं वर्तमान प्रम बाबुराम भट्टराई, सूचना तथा संचार मन्त्री कृष्णबहादुर महरालाई दोषी देखाउँदै छानवीन गर्न अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी गरेका छन् ।
देशको राज्य शक्ति आप्mनो हातमा लिएर बसेका ती व्यक्तिहरुको सम्बन्धमा परेको उजुरीलाई अख्तियारले विशेष अदालतमा पेश गर्ला नगर्ला अग्नी परीक्षामा हेर्न वाँकी छन् ।

No comments:
Post a Comment