ग्याँस र मट्टितेलमा विद्यार्थीलाई छुट दिइने
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
– सुनिता गुरुङ (प्रशिक्षार्थी)
केही दिनयता देखि पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण हरेक दिन विभिन्न क्याम्पसका विद्यार्थीहरुले सडकमा उत्रिएर पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिनुपर्ने दवाव दिइरहेका छन् ।
यसै क्रममा सरकारले अर्थमन्त्रालयमा मंगलबार बसेको वैठकले सामुदायिक, उच्च मावि र सरकारी विश्वविद्यालय र पब्लिक क्याम्पसका विद्यार्थीलाई सहुलियतमा ग्याँस र मट्टितेल उपलब्ध गराउने भएको
छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ती अध्ययन संस्थानका विद्यार्थीले प्रचलित मूल्यमा २ सय ५० रुपैंया सुहलियत भई ३ महिनामा प्रति सिलिण्डर ग्याँस रु.१२३०।– मा प्राप्त गर्ने छन् भने प्रचलित मूल्यमा १० रुपैयाँ सहुलियत भई १ महिनामा प्रति लिटर मट्टितेल रु.८७।– मा १० लिटरसम्म मट्टितेल प्राप्त गर्न सक्नेछन् ।
मन्त्रालयले न्यून आय भएका विद्यार्थी, किसान र ग्रामिण भेगमा बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत प्रदान गर्ने गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो निर्णय गराएको जनाएको हो ।

No comments:
Post a Comment