Friday, September 14, 2012

चाँड पर्व नजिकिँदै जाँदा चोरको विगविगी

चाँड पर्व नजिकिँदै जाँदा चोरको विगविगी

 वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
— सुलोचना थापा (प्रशिक्षार्थी)
    भाद्र २१ गतेका दिन कीर्तिपुर इटागोलको चिया तथा किराना पसल चोरी भएको छ । चोरी मध्यरातको लगभग १:३० बजेतिर भएको अनुमान गरिएको छ । उक्त पसलबाट जीराको प्याकेट, अण्डा, रिचार्जकार्ड, जम्बो कोक र चिया पकाउन प्रयोग गरिदै आएको सिलिन्डर, आदि जिन्सी सामान तथा नगद चोरी भएको छ । पसलमा राती चोरी भएकोले विहान पसल खेल्ने बेलामामात्र थाहा भएको पसल मालिक श्यामहरीले बताए । चोरी ढोकाको चुकुल फुटाएर चोरी गरेको थियो ।
    पसलबाट लगभग २० हजार बराबरको नगद सहित चोरी भएको थियो । निजले प्रहरीलाई चोरी भएको जानकारी दिइसकेको र प्रहरीले पनि खोजतलास गरिने जानकारी दिएका छन् ।
    यस्तो घटना विशेष चाडपर्व निजिकिने बेलामा धेरै घट्ने गरेको समेत जानकारी हुंदै आइरहेको छ । यस्तो चोरीको विगविगी आकासिँदो मूल्य वृद्धिको कारण र वेरोजगारले हुने गरेको भन्ने धारणा पनि छ ।

No comments:

Post a Comment