ब्वाईज स्पोर्टस कीर्तिपुरको विजय अभियान जारी
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा सहिद स्मारक ‘सी’ डिभिजन लिग चालू रहेको छ ।
सहिद स्मारक ‘सी’ डिभिजन फुटबल प्रतियोगितामा ब्वाइज स्पोटृसले २ पटक हारबाट शिक्षा लिँदै २ पटक नै विजय हासिल गरेको छ । २४ गते तेस्रो खेलमा ब्वाईज स्पोर्टसले खालीभारीलाई २–१ गोल गरी विजय शुरुवात गरेको थियो भने चौंथो खेलमा झम्सीखेल क्लवलाई २–१ ले नै पराजित गरी दोस्रो जित हासिल गरी ६ अंक बटुल्न सफल भएका छ । यस भन्दा अघि ज्ञान भैरवले ३–२ र खुमलटारले २–० गोल गरेको थियोे ।
‘ए’ समूहबाट भाद्र २७ गतेसम्म ज्ञानभैरव १२ अंकले पहिलो, खुमलटार १० अंक सहित दोस्रो स्थानमा रहेको छ भने ‘बी’ समूहबाट नयाँबस्ती सक्षम क्लव ९ अंकले पहिलो र प्लानिङ्ग ब्वाइज ६ अंकले दोस्रो स्थानमा छ ।
अब ब्वाइज स्पोर्टस क्लव कीर्तिपुरले श्री भगवती टोखा र कलंकी नवज्योतिसँग प्रतिस्पर्धा गर्न बाँकी छन् ।
अब खुमलटार हारेर ब्वाईज स्र्पोटस क्लव लगातार जितेमा मात्र दोस्रो चरणमा प्रवेश गर्न सक्नेछ । यो फितलो आशालाई ब्वाइज स्पोर्टसले कस्तो खेल प्रदर्शन गर्ने हो हेर्न बाँकी नै छ ।
यस प्रतियोगिताबाट विजयी क्लवले ‘बी’ डिभिजनमा प्रवेश गर्ने छ भने विजेता र उपविजेताले २ लाख र १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

No comments:
Post a Comment