Friday, September 28, 2012

बैदेशिक रोजगार मृत्युको लाश !

 बैदेशिक रोजगार मृत्युको लाश !

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)   
       नेपाली जनताहरु बैदेशीक रोजगारमा जाने क्रम तीब्र रुपमा भैरहेका छन् ।
    साउन र भदौ महिनामा महिला २७७० र पुरुष ५८००२ गरी जम्मा ६०७७२ जना बैदेशिक रोजगारका क्रममा विदेशीएका छन् । यो आकडामा गत बर्षको तुलनामा त्यही महिनाको २६.७९ प्रतिशतले कम रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
    वैदेशिक राजेगारीमा पुगेका नेपाली दाजु भाइहरुको मृत्युपनि त्यतिकै बढेका छन् । २०६९ भाद्र र भदौ महिनामा मात्र ११३ जनाको मृत्युभएको वैदैशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कमा रहेको छ । सो तथ्याङ्क अनुसार दैनिक २ जनाको मृत्यु भएको जनाउँछ ।
    ती मृतकका परिवारले जनही १ लाख ५० हजारको दरले बोर्ड मार्फत सहायता गरेको जनाएको छ ।  सूचना विभागको आयोजनामा सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा भएको प्रवक्ता पत्रकार भेटघाटमा श्रम तथा राजेगार मन्त्रालयका सहप्रवक्ता दिवस आचार्यले प्रेसित सूचना उल्लेख गरेका थिए ।
    सूचना दिइए अनुसार ३ जना कामदारका परिवारलाई रु.१ लाखका दरले र अंगभंग भई फर्केका ८ जनालाई ८० हजारका दरले आर्थिक सहायता दिएको जनाएको छ । विदेशमा राजेगारी पठाउने नाममा साउन र भाद्र महिनामा ठगी विरुद्ध ४४८ उजुरीबाट २४ करोड ४९ लाख दावी भएको मध्ये ६७ उजुरी फरफारक भई १ करोड ८१ हजार असुल भएको जनाएको छ ।

वैदेशिक रोजगार नेपाली जनताको बाध्यता हो या सरकारे नियोजित योजना ?

    म्यानपावर मार्फत नेपाल सरकार दैनिक ८०० –१००० जना नेपाली सपुत छोराछोरी विदेश उडिरहेका छन् । नेपालमा पढेलेखे अनुसार सरकारले रोजगार दिन सकेन,  आफै देशमा शान्त पूर्वक निर्धक्क भई पीडित नबनी व्यवसाय गर्न वातावरण बनाउन सरकार असफल भयो, बाहिरिनु बाध्य भयो भने म्यानपावर मार्फत धेरै पैसाको लोभमा सरकारले विदेश पठाउने क्रमले गर्दा आज नेपाली जनता देशमा पसिना बगाई मर्दैन विदेशमा अकालमै मरेका छन् । श्रम तथा रोजगार मन्त्रालय, नेपाल सरकार, नेपाली जनताको खुन पसिना विदेशमा दास र कुल्ली भएर बगाउने जुन नीति छ चाँडै अन्त गर्नतिर पहल गर । विदेशमा सीप सिकेर नेपालमै प्रयोग गर्ने र नेपाल र नेपालीको विकासमा प्रयोग गर्नतिर ध्यान दिऊ ।
    म्यानपावर कम्पनीको ठगीबाट करोडौं रकम असुल उपर गर्नुपर्नेमा देखावती १/२ करोड मात्र असुल्ने होइन । त्यस्ता म्यानवापरको लाइसेन्स खारेज गरी हदैसम्म कारवाही गरी सुन्दर शान्त नेपाल, खुशीयालीका साथ जीउन पाउने व्यवस्था गर । नत्र नेपाली जनता वैदेशिक रोजगार मृत्युको लाशमात्र सावित हुनेछ ।

No comments:

Post a Comment