बुद्धको तस्विर अंकित जुत्ताबारे सरकार मौन
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
अमेरिकाको एउटा आइकन शू कम्पनीले बुद्धको तस्विर अंकित जुत्ता बजारमा ल्याएकोमा विश्वका सवै बौद्धमार्गीहरुबाट चर्को विरोध गरेपनि सरकार कानमा तेल हालेर बसेको छ ।
नेपाल सरकार संरा अमेरिकाको सिंग्नल पर्खेर बसेको छ । सोमबार सूचना विभागको आयोजनामा भएको मन्त्रालय प्रवक्ता र पत्रकार भेटघाट कार्यक्रममा सहिद साप्ताहिक पत्रिकाको जिज्ञासामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद रिमलीले आइकन शू कम्पनीको त्यो व्यवहार प्रति दुःख र आपत्ति पोख्दै नेपाल सरकार र संरा अमेरिका सरकारबीच छलफल भइरहेको खुलासा गर्नुभयो । छलफल पछिमात्र नेपाल सरकारले मुख खोल्ने भएका छन् । विश्व शान्तिका महानायक गौतम बुद्धको तस्विर अंकीत जुत्ता बजारमा प्रवद्र्धन गरिसकेको अवस्थामा पनि नेपाल सरकार मौन बस्नु साम्राज्यवादी अमेरिकाको समर्थन गर्नु हुनेछ , आम नेपाली बौद्धमार्गीले प्रश्न उठाएका छन् ।
नेपालका सवै बौद्ध मार्गी धर्मालम्बीहरुको छात्ती माथि लातहान्दा पनि केही नबोल्नु दुःखद कुरो हो । परनिर्भर सरकार सत्ता गुम्ला भन्ने डर गणतन्त्र नेपालका नेताहरुमा हुनु राष्ट्रको स्वाधिनता कसरी रक्षा गर्ला ? आज बुद्धको मूर्ति राखेछ भने भोलि महादेव, श्री कृष्ण भगवान लगायतको तस्विर अंकित जुत्तापनि आइकन लगायत अन्य धनाध्य शक्ति राष्ट्रका शू कम्पनीहरुले बजारमा ल्याइने सम्भावना छ । त्यसैले सरकार अमेरिकाले के भन्ला भनेर सल्लाह गरेर होइन राष्ट्रिय विभूतिको सम्मान गर्न पनि तत्काल बोल्नै पर्दछ ।
त्यसक्रममा वहाँले सन् २०१२ को जनवरीदेखि जुन सम्म ६ महिनामा हवाई मार्ग बाट २९४०१९ र स्थलमार्गबाट ८६८१ गरी कुल ३८१८३० जना पर्यटक नेपाल आगमन भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

No comments:
Post a Comment