Friday, September 14, 2012

मृत्युपत्रका साथ कालिकोट यात्रा !

  मृत्युपत्रका साथ कालिकोट यात्रा !

वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
    नेपालको अति दुर्गम क्षेत्र कालिकोटमा सडक बाटो खुलेकोमा सबै खुसी हुनु स्वभाविक छ । भर्खरै खुलेको बाटो सुर्खेतबाट दैलेखसम्म यात्रा ढुक्कसँग गर्न सकिन्छ । दैलेख–कालिकोट, कालिकोट–जुम्ला स्थल यात्रा मृत्युपत्र हातमा लिएर गर्नुपर्ने बाध्यता कालिकोटी र जुम्लीको लागि भएको छ । साँघुरो बाटो साइड दिनुपर्यो  कि ब्याक गर्नुपर्ने, जुनबेला सबै यात्रुले जिब्रो टोक्नुपर्ने स्थिति छ ।
    हालै मात्र एउटा गाडि ब्याक गर्ने क्रममा ५०० मिटर तल खस्यो र २८ जनाको ज्यान लियो । यस्ता घटना धेरै भैसकेको छ । हवाई मार्ग नेपालगंजसम्म पुग्न ४–६ हजार सम्म तिर्नुपर्ने जसमा सर्वसाधारणको पहुँचको विषयबाट बाहिर छ । सरकाले सडक खोल्ने र अधुरोमै काम छोड्ने जुन कामले आज कालिकोट र जुम्लावासीहरु अकालमै मृत्युवरण गरिरहेका छन् ।
    त्यस्तो विकत ठाउँमा नेमकिपाले राजनीतिको बिउ हालेको छ । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी  युवा संघको पाँचौ राष्ट्रिय सम्मलेन जुम्लाको खलंगामा भव्य रुपले सफल पारे, चैत्र २४–२८ गते । युवा नेता र कार्यकर्ताहरु खुशीका साथ पहिलो पटक स्थल यात्रा बस रिजर्भ गरेर त्यहाँ पुगे । त्यहाँ पुगेर फेर्केका युवा नेता तथा कार्यकर्ताको अनुभव आदान प्रदान कार्यक्रमा मृत्यु पत्र निधारमा राखेको, मृत्युबाट फर्केको, नयाँ जीवनको अनुभव गरेको आदि इत्याादि सुनाए ।
    साँच्चै पंचायती शासनकालमा राजनीतिको कारण मध्यपश्चिमाञ्चल जिल्लाका कारागारमा कोही छ भने नेमकिपाका नेता तथा कार्यकर्ता मात्रै हुन्थ्यो । पंचायती देखि बहुदल र गणतन्त्रसम्म नेमकिपाको नेताहरुलाई झुटा आश्वासन विभिन्न प्रलोभन नदेखाइ अन्य राजनैतिक दलले इमान्दारसँग राजनीति गरेको भए, इमान्दारीका साथ विकास निर्माण गरेको भए,  दैलेख, कालिकोट, जुम्ला, मुगुका सर्वसाधारणले दैलेख सुर्खेतसम्म आउन जान मृत्यु पत्र हातमा लिएर जानुपर्ने हुदैनथ्यो होला ।
    सडक सवैका साझा हो, जीवन सवैको प्यारो छ । राज्य पक्षले या कुनै दातृ निकायले जे जसरी सडक विकासका काम गर्दा मृत्युपत्रको लाइसेन्स होइन जीवन दानको लाइसेन्स हुने गरी निर्माण गरौं । एउटा विकत जिल्ला स्वर्ग बन्न सकिन्छ बनाउन सकिन्छ ।

No comments:

Post a Comment