Friday, October 19, 2012

शुभसेवा बचतको चौंथो साधारण सभा

शुभसेवा बचतको चौंथो साधारण सभा

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    शुभसेवा बचत तथा ऋण सहकारी संस्था लि.को चौंथो बार्षिक साधारण सभा शनिबार जलविनायक चोभारमा सम्पन्न भयो ।
    सभामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति विजयकाजी डंगोलले प्रस्तुत गर्नुभएको थियो  । प्रतिवेदन आ.व २०६८/०६९ मा  निक्षेप रकम रु.३,१९,७३,१६५/०८ संकलन भएको छ. भने रु.३,३४,७१,५५३/३८ कर्जा प्रवाह भएका छन ।
    त्यसैगरी आर्थिक प्रतिवेदन सचिव दीपक महर्जनले र लेखा परीक्षकको प्रतिवदेन लेखा समितिका संयोजक दिलहादुर महर्जनले पेश गर्नुभएको थियो ।
    संस्थाका उपाध्यक्ष दुर्कमान महर्जनले स्वागत गर्नुभएको सो कार्यक्रम संस्थाका प्रबन्धक अरुण डंगोलले संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment