Friday, October 19, 2012

नगाउँ बचतको दोस्रो साधारण सभा सम्पन्न

नगाउँ बचतको दोस्रो साधारण सभा सम्पन्न

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    नगाउँ बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो वार्षिक साधारण सभा शनिबार चम्पादेवीस्थित पुष्पलाल पार्क परिसरमा सम्पन्न भयो ।
    संस्थाका ज्येष्ठ शेयरसदस्य बेखालाल महर्जनको प्रमुख आतिथ्यमा पानसमा द्वीप प्रज्ज्वलन गरी उद्घाटन गरेको सो सभामा संस्थाका अध्यक्ष राजेन महर्जनले संचालक समितिको  तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
    प्रतिवेदनमा आ.व. २०६८/०६९ मा कुल निक्षेप संकलन ४३ लाख ३२ हजार ९१२।५० पैसा भएको र ऋण प्रवाह ४८ लाख ६२ हजार ६६४।१३ पैसा रहेको जनाएको छ ।
    संस्थाले आगामी वर्षमा  शेयर पूँजी ६० लाख र कुल निक्षेप १ करोड पुर्याउने लक्ष्य राखेको छ । कुल आम्दानी ४ लाख ९५ हजार रहेकोमा विभिन्न खर्च कट्टी गर्दा खुद नाफा १ लाख २२ हजार १३४।५० रहेको उल्लेख गरिएको छ ।
    सभामा लेखा समितिको प्रतिवेदन र आगामी आ.व.को अनुमानित बजेट लेखा समितिका संयोजक कृष्णभक्त महर्जनले पेस गर्नुभएको थियो ।

No comments:

Post a Comment