संस्कृति नबनोस् विकृति
— उज्जल महर्जन
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
“दशैं आयो...
खाउँला पिऊँला...
कहाँबाट ल्याऔंला...
चोरी ल्याऔंला...
धत् पापी म त छुट्टै बसौंला...”
दशैंको माहौल सुरु भइसकेको छ । घरघरमा बुढापाकाहरु आफ्ना नातीनातीनाहरुलाई हातका औंलाहरु देखाएर यसरी नै दशैंको वर्णन गरिरहेछन् । घरमा रङ्ग लगाउने, नयाँ नयाँ लत्ताकपडा एवं जुत्ताहरु किन्ने, मीठोमीठो परिकारहरु खाने, आपसमा खुशीयाली बाडँ्ने, टाढा गएका आफन्तहरु घरमा आएर रमाइलो गर्ने, पिङ्ग खेल्ने, चंगा उडाउने लगायतका कार्यहरु सुरु भइसकेका छन् । घटस्थापनाबाट सुरु भएर कोजाग्रत पूर्णिमासम्म मनाइने नेपाली हिन्दुहरुको महान् चाड एवं नेपालकै एक महत्वपूर्ण र प्रमुख पर्व हो, दशैं ।
विभिन्न धार्मिक कथनहरु भएतापनि विशेष गरेर असत्यमाथि सत्यको जीतको रुपमा दशैं मनाउने गरिन्छ । हिन्दुहरुको प्रमुख पर्व विजया दशमीमा देवीको शक्ति पीठहरुको पूजा गर्ने, आराधना गर्ने, बली दिने लगायतका कार्यहरु गरिन्छ । दशैं एउटा त्यस्तो पर्व हो जुन गरिब होस् वा धनी, पुरुष होस् वा महिला, बच्चा होस् वा वृद्ध सबैले उत्तिकै महत्व दिएर मनाउने गर्दछन् । विशुद्ध धार्मिक आस्थासँग गाँसिएको एवं खुशीयाली, भाइचारा, असत्यमाथि सत्यको जीतको रुपमा मनाइरहेको दशैं हाल आएर जसरी पनि मनाउनुपर्ने बाध्यताको रुपमा, विकृतिका रुपमा विकास भइसकेको छ ।
दशैंमा आवश्यकताभन्दा बढी खर्च गर्ने परिपाटीको विकास हुँदैछ । पैसा हुनेहरुले दशैंलाई बडो तडकभडकसाथ मनाउने गर्दछन् । आफूलाई चाहिनेभन्दा बढी लत्ताकपडा किन्ने, समाजलाई देखाउन कै लागि पशु बली दिने, गरगहनाको प्रदर्शन झैं लाग्ने गरी शरीरभरी गहना लगाउने, टिका लगाउने ठाउँमा पैसालाई दक्षिणाको रुपमा दिने, तास, जुवा खेल्ने, जाँड रक्सीले मात्तिएर हिँड्ने लगायतका प्रवृत्ति हामीले यसभन्दा अगाडिका दशैंमा पनि देखिरहेका छौं । त्यति मात्र होइन, आर्थिक अवस्था कमजोर भएकाहरु पनि यस मामिलामा कोहीभन्दा कम छैनन् । उनीहरु पनि ऋण काढेरै भएपनि पशु बली दिने, अरुलाई देखाउन भएपनि अनावश्यक खर्च गर्ने लगायतका कार्यहरु गरिरहेका छन् । जसले गर्दा दशैं अस्वस्थ प्रतिस्पर्धाको रुपमा विकास भएको छ ।
“दशैं नै होकि यो मेरो दशा फेरि फर्कि आएको...।” यो गीतले दशैंको वास्तविकता झल्काईरहेको छ । पैसा नहुनेहरुका लागि दशैं अभिशाप झैं हो । टोल छिमेकमा मीठो मीठो बास्ना आउने गरी परिकारहरु पकाउँदा कसको मन रहन्छ र ? त्यसैले त लाग्छ दशैं भनेको एउटा प्रतियोगिता हो जहाँ एकले अर्कोलाई पछि पार्न कुनै पनि कसर बाँकी राख्दैनन् । हरेक व्यक्तिले आफ्नो क्षमता, योग्यता नहेरी जसरी भएपनि समाजमा आफू पनि कोहीभन्दा कम छैन भनेर देखाउन लागिरहेका छन् । जबकि दशैं भनेको आफ्नो क्षमताले भ्याएसम्म मात्र परिकार खाएर, पूजापाठ गरेर, माया, खुशी आपसमा बाँडेर मनाउने पर्व हो । यस्तो अस्वस्थ प्रतिस्पर्धाले चाडपर्व जोगिने होइन, यसमा विकृति फैलाई पर्वको नाउँमा गलत संस्कार भित्रिँदै छ ।
दशैंमा नेपाल सरकारले पनि लामो बिदा दिने हुँदा तास खेल्ने, जुवा खेल्ने, जाँड, रक्सी खाएर होहल्ला गर्नेको कमी नै हुँदैन । हुनेखानेको घरमा साथीभाइहरु मिलेर रक्सी खाने, तास खेल्ने, अझ युवा जमात त डान्स र डिस्कोमा गएर पैसा उडाउने, अनावश्यक खर्च गर्ने, पशु बलि दिने, होहल्ला तथा झैंझगडा गर्ने काममा अगाडि हुन्छन् । दशैंमा दक्षिणा दिनको लागि नयाँ नोट साट्नेको पनि कमी हुँदैन । लाग्छ नयाँ नोट नै दशैं हो । हामी बिर्सन्छौं कि नयाँ नोटमा अबिर, पानी हालेपछि त्यो चाँडै बिग्रिन्छ । नेपाली हिन्दुहरुको एक आस्था भएको विशुद्ध धार्मिक चाडपर्वको विदेशी संस्कार भित्राएर विदेशी पर्व सरह नै दशैं मनाउन खोज्ने कार्यले आफ्नो मौलिकता गुमिरहेको सायद हामी बिर्सदैछौं । आफन्त र परिवारजनसँग बसेर मनाउने दशैं हामी केहि साथीहरुमा मात्र सीमित भइरहेका छौं । चंगा उडाउन, पिङ्ग खेल्न छाडेर हामी डिस्को क्लब, बाइक रेस, जाँड रक्सीमा रमाइरहेका छौं । के यस्तो कार्यले दशैंको अर्थ दिन्छ ? हामीले आफ्नो परम्पराको विकास गर्दैछौं कि विनाश गर्दैछौं ? संस्कृतिको नाउँमा विकृति त बढिरहेको छैन ? यसतर्फ पनि ध्यान दिनु जरुरी छ । हामीले दशैं मनाउने मात्र होइन, दशैंलाई समयअनुसार परिष्कृत गर्दै परिवर्तन र विकास गर्दै लानुपर्छ तर परिवर्तन गर्ने भन्दैमा आफ्नो मौलिक संस्कृति नै नाश गर्नु त भएन नि । कि कसो ? होइन त... ?
भनिन्छ नि, “आयो दशैं खुशी लिएर, गयो दशैं ऋण दिएर” । तसर्थ हामीले चाडपर्वका नाउँमा गरिरहेका अनावश्यक तडकभडक रोकी, शुद्ध मन लिएर आफ्नो दक्षता, क्षमताले भ्याउने मात्र पूजापाठ गर्ने, गहना लगाउने, दक्षिणा दिने, परिकार खाने गरौं, नयाँ नोटमा पानी, अबिर लगाएर नयाँलाई पुरानो नबनाऊ । ताकि दशैंपछि पछुताउनु नपरोस् । शुद्ध रुपमा मनाउने दशैंलाई विकृतिको रुपमा अगाडि नबढाऔं । अतः दशैंलाई दशा नबनाऔं । संस्कृति नबनोस् विकृति । विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।।।

No comments:
Post a Comment