Friday, October 19, 2012

कृषक हितको १२ औं साधारण सभा सम्पन्न

कृषक हितको १२ औं साधारण सभा सम्पन्न

पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै प्रमुख अतिथि

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    कृषक हित सहकारी संस्थाको बा¥हौं वार्षिक साधारण सभा सोमबार कार्यालयको प्राङ्गणमा सम्पन्न भयो ।
    ज्येष्ठ शेयरसदस्य नरबहादुर महर्जनले पानसमा बत्ती बालेर उद्घाटन गरेको सो सभामा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति डा. कृष्णभक्त महर्जनले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
    उहाँले आ.व. २०६८÷०६९ को नाफा ८ लाख ७८ हजार ८११।५५ आर्जन गर्न सक्षम रहेको छ भने प्रशासनिक र कर खर्चपछि २ लाख ९७ हजार ७०३।३६ पैसा खुद नाफा गरेको छ ।
    कार्यक्रममा लेखा समितिका संयोजक रविन्द्र बहादुर प्रधानले वार्षिक लेखा प्रतिवेदन पेश गरेको थियो ।
    सो कार्यक्रममा संचालन समितिका सदस्य राजकुमार नकर्मीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment