विकल्पमा नयाँ नेतृत्व चयन
![]() |
मञ्चमा आशिन अतिथिहरु |
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
विकल्प सहकारी संस्थाको १२ औं साधारण सभा असोज २७ गते शनिबार पाँगा पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
संस्थाका ज्येष्ठ सहकारी सदस्य दुर्गालक्ष्मी श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरेको थियो । सो सभामा कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका सभापति अशोक अन्सारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी सदस्यहरु मध्येबाट बढी साधारण बचत गर्ने सरिता माली र अर्जुन महर्जनलाई बचत प्रोत्साहन पुरस्कार प्रदान गर्नुभएको थियो । संस्थाका सहसचिव प्रदीप कुमार महर्जनबाट स्वागत मन्तव्य, इन्द्रेणी सांस्कृतिक समाजका कलाकारद्वारा स्वागत गीतबाट स्वागत गरिएको थियो ।
श्याम श्रेष्ठको संयोजनमा भएको दोस्रो सत्र, बन्द शेसनमा कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन पेश गरिएको थियो । दुवै प्रतिवेदनमाथि व्यापक छलफल गरी पारित गरेपछि निर्वाचन कमिटिबाट नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो ।
सो सभाबाट अशोक अन्सारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मतिबाट चयन गरियो ।

No comments:
Post a Comment