Friday, October 19, 2012

बाघभैरव बचतको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न

बाघभैरव बचतको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न

नवनिर्वाचित पदाधिकारीहरु

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    बाघभैरव बचत तथा ऋण सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा असोज २७ गते शनिबार बाघभैरव बैन्क्विट नगाउँमा सम्पन्न भयो ।
    सभामा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति नवीन महर्जनले संचालक समितिको तर्पmबाट संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो । वहाँले आ.व. २०६८/०६९  मा शेयर पूँजी ३ करोड १७ लाख ९८ हजार ८ सय रुपैयाँ, निक्षेप संकलन ३१ करोड ६३ लाख ९८ हजार ७४/३३ पैसा र कर्जा प्रवाह २२ करोड ६१ लाख ८७ हजार ३३ रुपैयाँ रहेको प्रष्ट पार्नुभयो ।
    संस्थाको खुद नाफा रकम १० लाख ९९ हजार १३८/७५ पैसा रहेको छ र सो रकम मध्ये २ लाख ६ हजार लाभांसमा र ८२ हजार कर्मचारी बोनसको रुपमा वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो संस्था अन्तर्गतको बाघभैरव वैन्क्विटमा फिजिकल फिट्नेस क्लव संचालन गर्ने लक्ष्य रहेको र कीनपा १९ सल्यानस्थानमा ११ रोपनी जग्गा बाघभैरव हाउजिङ्ग एण्ड ट्रेडिङ्ग कम्पनी र सहकारी संस्थाको सहकार्यमा व्यवस्थित घडेरी भवन निर्माण गरी बिक्री गर्ने योजना रहेको सो सभामा जानकारी दिएको छ ।
    सभामा लेखा समितिका संयोजक रमेश श्रेष्ठले वार्षिक लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।

No comments:

Post a Comment