कीर्तिपुरको सडक पनि असुरक्षित
माइक्रोबसको ठक्करबाट २ जनाको मृत्यु, एक घाइते
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
कीर्तिपुर नपा वडा नं. ५ खासीबजार पासाः पुच क्लव नेर द्रुतगतिमा खलासीले चलाएर आएको बा.२ ख १८९२ को हाईस गाडीको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु र एक जना सिकिस्त घाइते भएका छन् ।
महानगरीय प्रहरी प्रभाग कीर्तिपुरले दिएको जानकारी अनुसार घटनास्थलमै मृत्यु भएकामा सोही वडाका वर्ष ५० का प्रकाश महर्जन र ४५ वर्षे मच्छिन्द्र महर्जन रहेका छन् । घाइते हुनेमा वडा नं. ५ कुटुझोलका ३५ वर्षे देवानन्द शाही रहेका छन् ।
ठक्करमा परेका कीर्तिपुरका स्थानीयबासीहरु विहान ४ बजे मर्निङ्ग वाकमा जान साथीहरु कुरेर बसेको अवस्थामा देवढोकाग्यारेजबाट रुट लाइनमा बस्न दु्रतगतिले हाँकेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडीले ठक्कर दिइसकेपछि पाँगा दोबाटो मंगल मार्ग हुँदै पुनः देवढोका ग्यारेजमा पु¥याई गाडी सफा गर्न भ्याएतापनि गाडीमा मासु(छाला)को चोक्ता टाँसेको आधारमा प्रहरीले चारैतिर खोज तलासपछि पत्ता लगाएको प्रहरीले जनाएको छ । गाडी हाक्ने खलासी ग्यारेजमा गाडी राखी फरार छन् भने प्रहरीले गाडी नियन्त्रण गरी महानगरीय प्रहरी वृत्त कालिमाटी पु¥याएको छ । ठक्करमा परेकालाई तत्काल बल्खुस्थित स्टार अस्पतालमा प्रहरी गाडीले पुर्याएको थियो भने मृतक २ जनालाई स्टारबाट महाराजगंज अस्पताल पोष्टमार्टमको लागि पठाएको र घाइते शाहीलाई वी एण्ड वी अस्पतालमा रिफर गरेको स्टार अस्पतालले जानकारी दिएको छ । गाडी धनी कीर्तिपुर देवढोका जुजुभाई महर्जन हुनुहुन्छ ।

कीर्तिपुरमा सार्वजनिक यातायात बन्द
कीर्तिपुरको रुटमा चल्ने हाइस गाडीको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु र एक जना घाइते भएकोले कीर्तिपुर रुटमा चल्ने सार्वजनिक यातायत स्वस्फुर्त बन्द गरेका छन् । बिहीबार पनि यातायात ठप्प र्नै थियो ।
क्षतिपूर्ति १८ लाख
बुधबार दिउँसो प्रहरी प्रभाव वृत कालिमाटीमा भएको चौपक्षिय बार्ताद्वारा मृतकहरुलाई जनही १८ लाख र घाइटेलाई स्वस्थ नभएसम्म उपचार र आवश्यक घरायसी खर्च ब्यहोर्ने सहमति भएपछि मृतकको दाहासंस्कार हिजो बुधबारै कीर्तिपुर देवढोका स्थित चिहानमा गरियो ।
मृतक प्रकाशको श्रीमती, १ छोरा र १ छोरी छन् भने मृतक मच्छिन्द्रको श्रीमती, १ छोरा, २ छोरी छन् ।

No comments:
Post a Comment