नेक्राविसंघमा रविन्द्रको अध्यक्षतामा सत्ताइस सदस्यीय केन्द्रीय समिति चयन
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
कैलाली । नेपाल क्रान्तिकारी विद्यार्थी संघको दसौं राष्ट्रिय सम्मेलन रवीन्द्र ज्याख्वको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय समिति चयन गरी सम्पन्न भएको छ ।
राष्ट्रिय सम्मेलनको घोषणासभा तथा सांस्कृतिक कार्यक्रम सोमबार लम्की बजारमा सम्पन्न भएको थियो ।
घोषणासभामा नेमकिपाका केन्द्रीय सचिव एवं राष्ट्रिय सम्मेलन बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष सुनिल प्रजापतिले नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई ज्ञापन गर्दै विद्यार्थी आन्दोलनलाई अवसरवादी प्रभावबाट मुक्त गर्न संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशका शासक दलका नेताहरूको भारतीय शासक वर्गको चाकरी गर्ने गलत प्रवृित्तकै कारण देश भारतीय विस्तारवादको नियन्त्रणमा पुगेको बताउनुभयो ।
उहाँले देशको राजनीतिक संक्रमणकाल छोट्याउन राष्ट्रपतीय शासनको विकल्प नभएको बताउनुभयो ।
नेक्राविसंघका पूर्व केन्द्रीय अध्यक्ष नारायण कोजूले दलीय भागबण्डाको कारण त्रिविलगायत देशका शैक्षिक संस्थानहरू डुब्दै गएको बताउँदै भागबण्डाको संस्कार अविलम्ब अन्त्य गर्न माग गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालले सरकारको गलत नीतिका कारण देशको शैक्षिक क्षेत्र डामाडोल बनेको बताउनुभयो ।
घोषणासभा बन्दसत्र अध्यक्ष मण्डलका सदस्य एवं नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीको सभापतित्वमा भएको थियो ।
घोषणा सभापछि प्रगतिशील गीत र नृत्ससहित सांस्कृतिक कार्यक्रम गरिएको थियो । नवनिर्वाचित केन्द्रीय समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः महेन्द्रबहादुर शाही, निरज लवजू, सरोजकुमार साह र रमेश श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा रामचन्द्र श्रेष्ठ, पवित्रा कपाली, सविता तामाङ, सविन ख्याजू, लक्ष्मी पोखरेल, जनक माझी, खड्गराज शाही, सुरेन्द्र शाही, कुमारविक्रम शाही, सुरेश परियार, सुरेशन धुसू, नरेश खत्री, राजाराम प्रजापति, रवि नेपाली रहनुभएको छ ।
त्यस्तै अनुप शर्मा, महेश नेपाली, कृष्णबहादुर बुढा, पुष्पा विष्ट, राजेन्द्र चवाल, धनप्रसाद आचार्य, विश्वास डंगोल, मुना तामाङ पनि केन्द्रीय सदस्य रहनुभएको छ ।

No comments:
Post a Comment