माओवादीको भ्रामक समाचारप्रति नेमकिपा काठमाडौंद्वारा खेद प्रकट
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
काठमाडौं, ३१ असोज । काठमाडौंबाट प्रकाशित हुने नेपालभाषाको एक दैनिक पत्रिका वर्ष ११, अङ्क ३०० असोज २९ गतेको पत्रिकामा ‘नेमकिपाया नेता त नेकपा–माओवादी प्रवेश’ (नेमकिपाका नेताहरू नेकपा–माओवादीमा प्रवेश) समाचारप्रति नेमकिपा काठमाडौं जिल्ला समितिले खेद प्रकट गरेको छ ।
समाचारमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेमकिपा काठमाडौं जिल्लाका सहसचिव धर्म डंगोललगायत नौ जना कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेको उल्लेख थियो ।
विज्ञप्तिमा निज धर्म डंगोल पाँच वर्ष अघिदेखि न नेक्राविसंघको केन्द्रीय सदस्य छ न त काठमाडौं जिल्लाको सहसचिवमै छ । गलत समाचार दिएर जनतामाझ भ्रम नफैलाउन भनिएको छ ।
निज डंगोल तत्कालीन नेमकिपा चन्देश्वरी गाउँ एकाइ समितिका अध्यक्षमा कार्यरत रहँदा पार्टी र जनतालाई गुमराहमा राखी गैरजिम्मेवार र अनैतिक कार्य गरेकोले निजलाई नेमकिपा जिल्ला समिति काठमाडौंले पार्टीको विधान भाग ७ धारा २१ अनुशासनको उपधारा ५, ६ र ८ उल्लङ्घन गरेकोले धारा २२ कारबाहीको उपधारा ७ बमोजिम २०६८ मंसिर १४ गते अनुशासनको कारबाही गरी साधारण सदस्यबाट समेत निष्काशन भइसकेको यसै प्रेस विज्ञप्तिमार्फत् पुनः जानकारी गराइएको छ ।

No comments:
Post a Comment