विष्णुदेवी जिर्णोद्वार जारी
बखुमद जात्रासम्ममा काम सम्पन्न गर्ने लक्ष्य
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
पाँगा, इटागोल, चोभार, भाजँगल लगायतका प्रसिद्ध मन्दिर भाजँगलस्थित विष्णुदेवी मन्दिरको जिर्णोद्वार कार्य जारी छन् ।
सो जिर्णोद्वार गर्ने काम आगामी ७ गाउँले जात्रा बखुमद जात्राकसम्ममा सबै काम सम्पन्न हुने लक्ष्यका साथ काम भैरहेको छ ।
त्यसक्षेत्रमा रातदिन खटेर काम गर्नुहुने सिकर्मी एवं जननिर्वाचित कीनपा वडा नं.११ का सदस्य मधुकर महर्जनका अनुसार ७५ प्रतिशत काम पुरा भएको जानकारी दिनुभयो । उहाँको अनुसार माथिल्लो भागको मात्र काम बाँकी रहेको र त्यसको तयारी चाँडो गर्न खोकनामा समेत काठको काम भैरहेको बताउनुभयो । तामाको छानो बनाउन लाग्ने रकमको ५० प्रतिशत बैना दिएर काम थालिसकेको आर्थिक संकलन समितिका प्रकाशराम महर्जनले सहिदलाई बताउनुभयो ।

दोस्रो क्षमा पुजा सम्पन्न
विष्णुदेवी मन्दिर जिर्णोद्वारको क्रममा भत्काउन अधि क्षमा पुजा गरेको थियो भने अस्ति शनिबार माथिल्लो भागमा पुगेको अवसरमा पनि क्षमा पुजा गरियो ।
अब सबै भाग सम्पन्न भइसकेपछि अन्तिम क्षमा पुजा हुने पनि मधुकर महर्जनले बताउनुभयो ।
जिर्णोद्वार कार्य जारी रहेकोले आर्थिक संकलन समितिले पत्राचार गरे अनुरुप उठाउन बाँकी टोलका प्रत्येक घरधनीसँग सहयोग गर्न अनुरोध गरेको छ ।

No comments:
Post a Comment