Friday, October 19, 2012

हिलटाउन र मंगल उमावि ‘मोतिलानी’ बाट पुरस्कृत

हिलटाउन र मंगल उमावि ‘मोतिलानी’ बाट पुरस्कृत

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    मोतिलानी सिरपा (पुरस्कार) नेपालभाषा विषय लिई एसएलसी, उच्चमावि, विए (स्नातक) र एमए (स्नातकोत्तर) उतीर्ण हुने विद्यार्थीलाई प्रदान गरिने पुरस्कार हो ।
    मोतिलानी ताम्राकार नामबाट स्थापित ‘मोतिलानी सिरपा’ यस वर्ष २०६८ मा एसएलसीतर्फ कीर्तिपुरका हिलटाउन इन्टरनेशनल उमावि र प्लस टुमा मंगल उच्च माविलाई प्रदान गरेको छ । आइतबार एक कार्यक्रममा एसएलसीमा हिलटाउनकी छात्रा रुपा शाहीलाई र प्लस टुमा मंगल उमाविकी बुद्धलक्ष्मी महर्जनलाई प्रदान गरियो । २०६७ को सो पुरस्कार एसएलसीमा परोपकार उमावि भिमसेन थानकी छात्रा जुनु दीपकरलाई र प्लस टुको मंगलकै छात्रा सञ्जु बज्राचार्यलाई प्रदान गरिएको थियो ।
    त्यसैगरी स्नातक (विए) २०६८ मा पाटन संयुक्त क्याम्पसका छात्र अमिन शाक्यलाई २०६७ को रत्नराज्यलक्ष्मी क्याम्पसका छात्र तुलसी कृष्ण प्रजापतिलाई र एमएमा २०६८ को पुरस्कार नेपालभाषा केन्द्रीय विभाग छात्रा दिव्या ताम्राकारलाई र २०६७ को त्यही विभागकै छात्र धर्मकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ ।
    सो पुरस्कार प्रमुख अतिथि एवं नेपालभाषा केन्द्रीय विभागका सहप्राध्यापक तुलसीलाल सिंले प्रदान गरेको हो । कार्यक्रम हितकरवीर सिंको सभापतित्वमा भएको थियो ।

No comments:

Post a Comment