Friday, October 19, 2012

माओवादी नेता लेखनाथ न्यौपानेद्वारा तेस्रो विहे

माओवादी नेता लेखनाथ न्यौपानेद्वारा तेस्रो विहे

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता लेखनाथ न्यौपानेले बुधबार तेस्रो विवाह गरेका छन् ।
    राजधानीको कलंकीस्थित एलआरआई स्कुलमा न्यौपानेले स्याङ्जाकी विभूती भट्टराईसँग विवाह गरेका हुन् । विभूती पनि माओवादीको विद्यार्थी राजनीतिमा क्रियाशील छन् । न्यौपानेसँग विभूतीको दोस्रो विवाह हो । विवाह समारोहमा माओवादी सचिव नेत्रविक्रम चन्दलगायत नेता कार्यकर्ता सहभागी थिए ।
    न्यौपानेकी पहिलो श्रीमती उर्मिला अधिकारी ‘समीक्षा’ द्वन्द्वकालमा बाराको भालुखोलामा मारिएकी थिइन् भने दोस्री श्रीमती आस्था घिमिरेसँग सम्बन्ध विच्छेद भएको हो ।
    पहिलो श्रीमती उर्मिलाको सम्झनामा न्यौपानेले ‘तिमी अमर भयौ मेरो मुटु चुडिँयो’ नामक शोक पुस्तक लेखेका थिए ।
    न्यौपानेले द्वन्द्वकालदेखि माओवादीको विद्यार्थी राजनीतिक गरेका हुन् । एमाओवादी निकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष न्यौपाने पार्टी फुटेपछि नेकपा–माओवादीतिर गए । माओवादीमा उनले विद्यार्थी फाँट हेर्दै आएका छन् ।

No comments:

Post a Comment