मिर्मिरे बचत कोषको छैठौं वार्षिक सभा सम्पन्न
सहकारी संस्थाले सामाजिक दायित्व पुरा गर्नुपर्ने
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
टोखा । सहकारी संस्थाले सामाजिक दायित्व पुरा गरी धेरै भन्दा धेरैलाई सहकारी संस्थामा आवद्ध गर्न सक्नु पर्दछ तबमात्र सहकारी संस्थाको जीवन लामो हुन्छ सो विचार मिर्मिरे सहकारी संस्था टोखाको छैठौं वार्षिक साधारण सभामा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एवं पूर्व सभासद् लीला न्याइच्याईंले टोखा सरस्वती गाविस हलमा व्यक्त गर्नुभएको हो । वहाँले जनताको मन जित्न विभिन्न तालिम र शैक्षिक क्षेत्रकालाई सम्मान कार्यक्रम निरन्तर राख्नुपर्ने सुझाव दिँदै संविधानसभा विघटनपछि देशमा अन्यौल बढिरहेको समयमा राजनैतिक दलहरुका प्रमुख दलहरु देश र जनता सामु आपूmले प्रतिबद्धता गरेका कुरा पुरा नगरेकोले जान नसकेको र आन्दोलन गर्न पनि नसकेको बताउनु भयो ।
कार्यक्रममा नेमकिपा काठमाडौं चौंथो जिल्ला सम्मेलनका संयोजक नारायण महर्जनले उत्तीर्ण विद्यार्थीको सम्मान उच्च शिक्षा सम्मकालाई दिनुपर्ने बताउनुभयो । वहाँले राजनीतिमा अस्थिरतासँगै सहकारीमा असर पर्ने भएकोले वर्तमान अन्यौल रानीतिक निकासको लागि उत्तम उपाय भनेको राष्ट्रपति शासन लागू गर्न र निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको सरकार बनाई संसदिय निर्वाचन गर्नुपर्ने र त्यही सरकारबाट संविधानका बाँकी कामहरु पनि पुरा गरी नयाँ संविधान जारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेमकिपा टोखा चण्डेश्वरीका अध्यक्ष काशिलाल डंगोल, टोखा सरस्वतीका अध्यक्ष हरिदास श्रेष्ठ, कोपिला बचत तथा ऋण सहकारी संस्थका अध्यक्ष विक्रम वैद्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका कोषाध्यक्ष राजवीर डंगोलले स्वागत र उपाध्यक्ष काशिनारायण डंगोलले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष शोभालाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि न्याइच्याईले प्रवेशिका परीक्षा २०६८ मा शेयर सदस्य परिवारका उत्तीर्ण विद्यार्थीलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभयो ।
त्यही दिन बसेको दोस्रो सत्रमा अध्यक्षबाट प्रस्तुत संस्थाको प्रतिवदेन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरेको थियो । साथै सो सभाबाट काशिनारायण डंगोलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सव सम्मतिले चुनेको थियो । जसमा उपाध्यक्षमा मदन श्रेष्ठ, सचिव कृष्णमान महर्जन, कोषाध्यक्ष राजवीर डंगोल, सदस्यहरुमा रविन्द्र डंगोल, च्याली डंगोल र विक्रम डंगोल रहेका छन् । त्यसै गरी लेखा समितिमा शैलेष डंगोलको संयोजकत्वमा राजु महर्जन र रविन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

No comments:
Post a Comment