Friday, October 12, 2012

भिजन बचतको साधारण सभा सम्पन्न

भिजन बचतको साधारण सभा सम्पन्न

वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
    कीर्तिपुर । भिजन कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं साधारण सभा शनिबार ललितपुरको कार्य विनायकमा सम्पन्न भयो । पाँचौं साधारण सभाले निर्विरोध रुपमा अध्यक्षमा पुनः राममान सिंहलाई निर्वाचित गरेको छ । त्यसैगरी उपाध्यक्षमा समिर महर्जन, कोषाध्यक्षमा विद्यालक्ष्मी महर्जन, सचिवमा रुपक महर्जनलाई निर्वाचित गरेको छ ।
    सदस्यहरुमा आनन्द महर्जन, राजेन्द्र महर्जन, लक्ष्मी बहादुर महर्जन, बाबुराम महर्जन, हरिकुमारी महर्जन रहेका छन् ।
    लेखा समितिमा हर्ष महर्जन र विक्रम महर्जन रहेको निर्वाचन अधिकृत कानुन व्यवसायी बसन्त प्रसाद रिमालले जानकारी दिनुभयो ।
   साधारण सभाको उद्घाटन समाजसेवी ज्येष्ठ शेयर धनी हरि महर्जनले पानसमा द्वीप प्रज्ज्वलन गरी  गर्नुभएको थियो । उहाँले संस्था चलाउन सदैव क्रियाशील बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा शेयर धनी श्रीकृष्ण तण्डुकार, बसन्त रिमाल, विक्रम महर्जनलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
    सभामा संस्थाका कोषाध्यक्ष विद्या लक्ष्मी महर्जनले आ.व. २०६८/०६९ १ सय १ जना शेयर सदस्यहरुबाट शेयर खरीद बापत रु. ४० लाख ४७ हजार २ सय ४० रुपैयाँ शेयर पूँजी रहेको जानकारी गराइएको थियो भने विभिन्न बचत कर्ताहरुबाट बचत संकलन १ करोड ५८ लाख २२ हजार ४ सय ८९ रुपैयाँ जम्मा बचत रु. छपन्न लाख बाह्र हजार १ सय २६ रुपैयाँ भएको जानकारी गराइएको थियो ।
    त्यसैगरी आ.व. मा १,६९,४६,८५८।– ऋण लगानी भएको रु. ७१,५१,३८६।– अशुल हुन गई बाँकी रु.९७,९५,४७२।– रहेको कोषाध्यक्ष विद्यालक्ष्मी महर्जनले जानकारी दिनुभयो ।
    कार्यक्रममा सहकारीका अध्यक्ष राममानसिंहको सभापतित्वमा भएको कार्यक्रममा समिर महर्जनले स्वागत मन्तब्य र धन्यवाद रुपक महर्जनले गर्नुभएको थियो ।

No comments:

Post a Comment