भुक्ने .....ले टोक्दैन, अदुरदर्शीले काम गर्दैन
— एनम
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
नेपालको राजनीतिक संक्रमण झन्झन् जटिलतातर्फ मोडिएका छन् । एकपछि अर्को संवैधानिक शुन्यतामा देश पुगेको छ ।
संवैधानिक निकाय भनेको राष्ट्रपति मात्र बाँकी छन् । तर संवैधानिक शक्तिका हात खुट्टा बाँधिएको अवस्थामा छ ।
राजनैतिक निकासको लागि राष्ट्रपतिसँग बाधा अड्काउ फुकाउ गर्ने सक्ने संवैधानिक अधिकार प्रयोग गर्न पनि आनाकानी गरिरहेको छ र प्रमुख तीन दलको मुखरावृन्दबाट सहमति पर्खिरहेका छन् । सहमति पर्खिरहँदा अन्यौलको घाउ क्यान्सरमा परिणत हुन बेर लाग्दैन ।।
क्यान्सरको उपचार भारतको दिल्लीद्वार अस्पतालमा मात्र हुनेछ । सानो घाउ हुँदा पनि दिल्ली धाउने प्रचलन र परम्परालाई निरन्तरता दिएका राजनैतिक दलहरु नेपाल क्यान्सरमय होस् भन्ने कामना गरिरहेका छन् ।
प्रमुखको दर्जा पाएका तीन दल भुक्न मात्र जानेका छन्, टोक्न जानेका छैनन् भन्ने कुरा इतिहासले देखाएको छ ।
भुकेको अनुसार टोक्न पनि मित्र राष्ट्रको सिग्नल पर्खिरहेका छन् । राष्ट्रको बागडोर आफ्नो हातमा लिएका प्रम बाबुराम भट्टराई सहमति गर तुरुन्त १ मिनेटमै कुर्सी त्याग्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ, घरी प्रचण्ड प्रम बन्ने भए तुरुन्तै पद त्याग्ने कुरा गर्छन् भने कहिले अबको प्रम मधेसी दललाई दिनुपर्ने कुरा गर्छन् ।
प्रमका नेतृत्वकर्ता पार्टीका अध्यक्ष प्रचण्ड, सरकारको आयु लम्ब्याउन घरी संविधानसभाको पुनःस्थापना घरी संविधानसभाको निर्वाचन, घरी नेकाको सुशिल कोइरालाको कानमा प्रमको सुसेली गर्छन् ।
नेपाली काँग्रेसभित्र आफ्नै द्वन्द्वले प्रम को बन्ने अन्यौल एकातिर छ भने सत्ताच्यूतको आन्दोलन गर्ने आँट पनि छैन तर रामशरण महत, रामचन्द्रदेखि सुशिल कोइरालासम्म मुखले सडकबाट बढार्छाैं भनेर भुक्न कहिले छोडेको छैन ।
उता प्रतिपक्षकै एक पक्ष नेकपा एमालेभित्र जनजाति नेता कार्यकर्ता चोइटिएपछि बहुला ...... जस्तै भुष भाष र पखेता फटफटाइ मात्र हो साँचै फिजाएर लागेमा कोही बच्ने वाला छैन भनेर भुकेका छन् ।
यी दल भुक्न मात्र जानेका हुन भुकेपछि के हुन्छ भन्ने चिन्ता छैन । जबसम्म टोक्ने गरी काम गर्दैन अदुरदर्शी काम गर्छ कोही कसैको शेष झार्ने वाला छैन ।

निष्कर्षः
भुक्ने कुकुरले टोक्दैन अदुरदर्शीले राम्रो सफल काम गर्दैन यो पूँजीवादको दुर्गुण मध्ये एक हो ।
पूँजीवादी पार्टीभित्र अल्झेका पूँजीवादी पार्टीलाई यसरी चिन्दै जानुपर्दछ । अब २१ औं शताब्दीका न्यायप्रेमी जनता को ठीक को बेठीक नछुटाउँदा तपाईं हामीको नै वरवाद हुनेछ । त्यसैले यस्ता प्रवृतिको विरोधमा तपाईं हामी लागौं, है त ।

No comments:
Post a Comment