हाजिरी जवाफमा मंगल प्रथम
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
कीर्तिपुर । कीर्तिपुर नगर क्षेत्रिय सामुदायिक विद्यालय अन्तर्गत समाजिक विषय सामितिको संयोजन तथा जनसेवा उच्च माविको आयोजनामा गरिएको हाजिरी जवाफ प्रतियोगिताको फाइनल प्रतियोगिता मिति २०६९ असोज २६ गते सम्पन्न भएकोे छ । उक्त प्रतियोगितामा मंगल उच्च मावि प्रथम, जनसेवा द्वितीय र कीर्तिपुर मावि तृतीय भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय तथा सान्त्वना पुरस्कार प्रमुख अतिथि कुल प्रसाद भट्टराईले प्रदान गर्नुभएको थियो भने सहभागी विद्यालयहरुलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । सामजिक विषय समितिका संयोजक श्री दुर्गा बहादुर महर्जनले सहभागी विद्यालय तथा पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रम कीर्तिपुर क्षेत्रीय सामुदायिक विद्यालय समितिका अध्यक्ष नन्दकुमारी महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment