जनसेवा ओलम्पिक्स तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
कीर्तिपुर । जनसेवा उच्च माविमा भएको आन्तरिक ओलम्पिक्स खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम असोज २७ गते पाँगा लाछीमा सम्पन्न भयो ।
प्रा.डा. रामकृष्ण महर्जनको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा त्यही दिन भएको सांस्कृतिक कार्यक्रममा नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई प्रमुख अतिथिबाट ताज प्रदान गरी पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा प्राचार्य नन्दकुमारी महर्जनले स्वागत र जनसेवा भूपू विद्यार्थी संघका अध्यक्ष ई.दुर्कमान महर्जन, देवराज महर्जन र पुष्प सिं थापामगरले पनि बोल्नुभएको थियो ।

No comments:
Post a Comment