Friday, October 19, 2012

“गौरी अनन्त सिरपा” प्रदान

“गौरी अनन्त सिरपा” प्रदान

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    कीर्तिपुर । नेपाल भाषा र साहित्यको साथै सामाजिक सेवा गर्नेलाई प्रदान गरिने गौरी अनन्त सिरपा यसवर्ष ज्यापू समाज ललितपुरलाई प्रदान गरियो ।
    कीर्तिपुर न्याम्हसिमास्थित नेपाल भाषा एकेडेमीमा शनिबार एक समारोहबीच समाजका अध्यक्ष मङ्गल महर्जनलाई सो सिरपा प्रदान गरियो । नेपाल भाषा एकेडेमीका भाइस् चान्सलर लक्ष्मण राजवंशीले ज्यापू समाजका मंगल महर्जनलाई २० हजार रुपैयाँ नगद र प्रशंसा पत्र प्रदान गरिएको हो ।
    सो कार्यक्रम लोक साहित्य परिषद्को आयोजनामा भएको हो ।

No comments:

Post a Comment