Monday, November 5, 2012

सहिद राजेन्द्र स्मृतिकप भलिबलको उपाधी न्यू डायमण्डको हातमा

सहिद राजेन्द्र स्मृतिकप भलिबलको उपाधी न्यू डायमण्डको हातमा

वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
    कीर्तिपुर, देवढोका । असोज ३० गते घटस्थापनादेखि जारी इन्द्रायणी परिवार क्लवद्वारा आयोजित १४ औं सहिद राजेन्द्र स्मृति भलिबल प्रतियोगिता–२०६९ एक भव्य कार्यक्रमबीच कार्तिक ९ गते एकादशीका दिन सम्पन्न भएको छ ।
    इन्द्रायणी परिवार क्लवका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वको समापनकार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प) का सदस्य सचिव युवराजलामा प्रमुख अतिथि, अतिथिहरूमा क्रमशः नेपाल भलिबल संघका केन्द्रिय सदस्य मनवीर छन्त्याल , कीर्तिपुर खेलकुद विकास समाज (की.खे.वि.स) का अध्यक्ष र महासचिव प्रदिप महर्जन तथा नवीन महर्जन, सहिद राजेन्द्रका पिता इन्द्रलाल महर्जन रहेका थिए ।
प्रथम हुन सफल टिम न्यू डायमण्ड
    तेस्रो स्थानका लागि भएको अत्यन्त प्रतिस्पर्धात्मक एवं रोमाञ्चकारी खेलमा सूर्ज सन स्टार क्लवले चम्पादेवी रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटीलाई ३–२ को कडा सेटमा पराजित गर्न सफल भएको थियो । फाइनल खेलमा न्यू डायमण्ड स्र्पोट क्लवले ज्वालादेवी यूनाइटेड क्लवलाई सोझो ३–० सेटमा पराजित ग¥यो ।
    तेस्रो स्थानका विजेता टिम सूर्ज सन स्टार क्लवलाई महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका निरीक्षकबाट प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गरियो त्यसैगरी उपविजेता ज्वालादेवी यूनाइटेड क्लवलाई की.खे.वि.स.का अध्यक्ष एवं मंगल उच्च माविका प्राचार्य  प्रदीप महर्जनबाट प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गरिएको थियो । विजेता टिम न्यू डायमण्ड स्पोर्ट क्लवलाई समापन कार्यक्रमका प्रमुख अतिथि रा.खे.प का सदस्य सचिव युवराज लामाले प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गर्नुभएको थियो । अनुशासित टिमको ट्रफी चम्पादेवी रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटीले उचाल्न सफल भयो त्यसैगरी फाइनल खेलको ‘म्यानअफ द म्याच’(Man of the Match) न्यू डायमण्डका स्पाइकर दिनेश श्रेष्ठले हात पारे भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (Best Player of the Tournament) पनि न्यू डायमण्डकै लिफ्टर खेम पुर्जा घोषित भएका थिए ।
    तेस्रो, उपविजेता र विजेता टिमलाई क्रमशः रू.५,०००।–, रु.१०,०००।– र रु.१५,०००।– राशिको नगद पुरस्कार रेक्स सेकुरिटिज्का भुवन महर्जन, वि.एलमिमेन्ट सप्लार्यस्का विदुरलाल महर्जन र आर.एस मेसीनरीका रूपेश महर्जनबाट प्रदान गरिएको
थियो ।
    स्मरणरहोस्, गत साल फाइनल पुगेका दुवै टिम बाहिरी गाउँ युवा क्लव र आयोजक इन्द्रायणी परिवार क्लव यस सालको १४ औ संस्करणको फाइनल प्रवेशबाट बिमुख रहे । प्रतियोगितामा कीर्तिपुर, काठमाडौं र ललितपुरका गरी कुल १२ टोलीले सहभागीता जनाएको थियो ।
    कार्यक्रममा स्वागत मन्त्वय केशव महर्जनले राखे भने की.खे.वि.स.का अध्यक्ष प्रदिप महर्जन तथा रा.खे.प का सदस्य सचिव युवराजलामाले बोल्नु भएको थियो । उपविजेता र विजेता दुवै तर्फका टिम क्यापटेनले खेल मैदानको चारैतिर खचाखच भरिएको दर्शक सामु प्रतियोगितामा आफ्नो अनुभव प्रस्तुत गरेको थियो ।
    क्लवका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वको समापन कार्यक्रम केशव महर्जनले सञ्चालन गरेको
थियो ।

No comments:

Post a Comment