चाडवाडका कारण रोगी नबनौं
— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)हिन्दु, बौद्ध, मुस्लिम, इसाई जुनसुकै धर्म मान्ने धर्मावलम्बीहरुको पनि चाडवाड वर्षेनि विभिन्न समयमा आइरहने हुन्छ । आ–आफ्नो परम्परा र रीतिथिति अनुरुप आउने आडवर्पलाई विभिन्न जाति र सम्प्रदायका मानिसहरुले हर्षोल्लासका साथ मनाउने गरिन्छ । कसैले यसलाई केवल परम्परागत मान्यतालाई कायम राख्नका लागि मात्र मनाउँछने भने धेर्रै व्यक्तिहरु चाडपर्वलाई खुशी र मनोरञ्जनात्मक दिनका रुपमा मनाउने गर्दछन् । यसरी मनोरञ्जन गर्ने क्रममा मानिसहरुले आफ्नो शरीर र स्वास्थ्य प्रति ख्याल गरेको पाइँदैन जो घातकसम्म हुन पुग्छ ।
हिन्दु धर्मावलम्बीहरुकै चाडपर्वको उदाहरण लिउँ । दशैंमा दाजुभाई मान्यजनहरुको आर्शीवाद लिनका लागि टिका ग्रहण गरिन्छ । तिहारमा दाजुभाई र दिदीबहिनी बीच सुमधुर सम्बन्ध र स्नेहका लागि टिका ग्रहणका साथै अर्थोपार्जनको संकल्प लक्ष्मी पूजा आदि गरिन्छ । तर यी चाडपर्वहरु त्यतिमा मात्र सीमित हुँदैन । दशैंमा असंख्य रुपमा पशुपन्छीको काटमार बढी हुने र मासुको प्रयोग अत्याधिक हुने हुन्छ । साथै जाँड–रक्सीको सेवन पनि बढी मात्रामा हुने गरिन्छ । यसरी सबैतिर बढी मदिरा तथा मासु खाने चलन छ । मासु मात्र बढी खाँदा र त्यसमा पनि बोसो र बासी मासु खाँदा त्यसबाट पेट बिगने र झाडा वान्ता, पखाला र अपच लगायत आउँ पर्ने जस्ता अनेकौं समस्या आउन सक्छ ।
चाडवाडमा अन्य जातिको भन्दा नेवार जातिहरुमा असंख्य रुपमा खानेकुराको परिकार बनाएको हुन्छ । त्यति मात्र हैन विभिनन परिकार सँगसँगै जाँड–रक्सी जस्ता उत्तेजक पदार्थ बढी भन्दा बढी प्रयोग गर्नेै पाइएको छ ।
स्मरण रहोस्, यस्ता उत्तेजक पदार्थले हाम्रो समाजमा धेरै दाजुभाइहरुको अकालमै मृत्यु भएका उदाहरण हाम्रो सामु प्रशस्त छन् । यसले धेरैको सम्पत्ति नोक्सान भएका छन् । धेरैको आफन्त तथा दाजुभाइको बोल चाल नै बन्द भई शत्रुको रुपमा विकास भइरहेको छ । वास्तवमा यो राम्रो व्यवहार पक्कै होइन ।
दशैं लगायत तिहारमा पनि मादक पदार्थहरुको प्रचलन बढी हुने गर्दछ । यसरी रक्सी, जाँड, बियर, आदि प्रयोग गार्द एकदिन मात्रै प्रयोग गरिएको भएपनि अत्याधिक प्रयोग गर्दा त्यसले कलेजो–मस्तिषक आदिमा नराम्रो सँग प्रभाव पार्ने निश्चित छ । कतिपय ठाउँमा रक्सीमा रसायनिक मल प्रयोग गरी बिक्री वितरण गरिन्छ । यस्तो रक्सी सेव गर्ने मानिस धेरै वर्ष बाँच्न सक्दैन । विभिन्न परिकार सँगै तिहारमा मिठाइहरुको पनि बढी प्रयोग र त्यसमा हुने हानिकारक रङ्ग एवं पदार्थहरुका कारण स्वास्थ्यमा अल्पकालीन एवं दीर्घकालीन हानी हुने गर्छ । त्यसैले चाडपर्वमा अनावश्यक रुपमा मनपरी जथाभावी खानु हुँदैन ।
हामीले कुनै पनि चाडपर्व मनाउँदा मनोरञ्जनका साथ मनाऔं । तर मनोरञ्जन गर्दा शरीरमा असर नगर्ने परिकार खाएर, पिएर मनोरञ्जन गरौं । चाडपर्व खुशी र उत्साहका निम्ति हो, यसबेला जथाभावी गर्दा परिवारका सदस्यहरुमा कुनै ठूलै समस्या आएर तपाईंको खुशीमा बादल लाग्न सक्छ । त्यसैले यो दशैं तिहारमा कसैलाई केही असर नपर्ने गरी रमाइलो गर्नुहोस् । अन्तमा महान पर्व बडा दशैं र दिपावलीको उपलक्ष्यमा सबै नेपाली दाजुभाई, दिदीबहिनी तथा बुबाआमाहरुको सुस्वास्थ्य प्रगति र दीर्घायूको निम्ति म फिट्नेस प्वाइन्ट ट्रेडिङको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।
No comments:
Post a Comment