Monday, November 5, 2012

कसैलाई व्याण्ड कसैलाई ड्याङड्याङले मख्ख

कसैलाई व्याण्ड कसैलाई ड्याङड्याङले मख्ख

उद्घाटन गर्दै प्रमुख अतिथि रामकृष्ण दुवाल


कुन्ती मोक्तान परिवार गीत प्रस्तुत गर्दै

वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
    जनसेवा खेल मैदान निर्माण सहयोगार्थ भूपू विद्यार्थी संघको आयोजनामा जनसेवा सांस्कृतिक धमाका २०६९ कोजाग्रत पूर्णिमा १३ गते आफ्नै खेल मैदानमा सम्पन्न भयो ।
    दिनको २ देखि रातको ११ बजेसम्म लगातार जनसेवा गुन्जायमान भएको थियो ।
    पहिलो चरणमा  नेपाल ललितकला प्रतिस्थानका प्राज्ञ एवं जनकलाकार रामकृष्ण दुवालले पानसमा द्वीप प्रज्वलनगरी उद्घाटन गरिएको सो जनसेवा सांस्कृतिक धमाका आयोजनाको उद्देश्यबारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जन, प्राचार्य नन्दकुमारी महर्जन, जेसा अध्यक्ष दुर्कमाना महर्जन, पूर्व सभासद् दिलीप महर्जन लगायतले बोल्नु भएको थियो । साथै विद्यालयको भौतिक निर्माण, खेलमैदान निर्माणका जुन तवरले सहयोग गर्नुभयो । यो सांस्कृतिक धमाकाबाट पनि जनसेवाको खेल मैदान (मिनी स्टेडिएम) को पर्खाल निर्माण गर्न गरिएका हुन् ।
    शैक्षिक गुणस्तरमा पनि भौतिक निर्माणमा ईंट्टा थपे जस्तै अहिले ६५ जिल्लाका विद्यार्थीको अध्ययन केन्द्रको रुपमा विकास भैसकेको विद्यालय हो जनसेवा ।
    साथै २ बजेबाट गुन्जायमान जनसेवा धमाकामा रु.१०००।– को टिकट काटी सहयोग गर्नेलाई अग्र भाग, रु.५००।– सहयोगीलाई बीचको भाग मेचसहित थियो भने रु.३०० को सहयोगीलाई अन्तिम खुला चौरको व्यवस्था गरिएको धमाका सुरुमा नृत्य, गीत र बेइमान, पल्पसा र झ्याईंकुटीको प्रहसनले हाँसु र लजालुकै ड्याङड्याङ प्रस्तुत गरेर भएपनि हँसाए र देशको राजनीतिक वितृष्णालाई निमित्याउने सत्तामुखी पार्टीहरुलाई नराम्रै व्यङ्गय गरे भने युवा पीढिलाई ब्याण्डको प्रस्तुत भएपनि मात्र अलि जोश चले । युवाहरु गीतको बोलमा भन्दा पनि संगीतमा मख्ख परेर स्टेज डान्स माथि डान्स गरे ।

धमाकामा चुनौती

    पहिलो पटक बृहत सांस्कृतिक धमाका भएकोले होला चारैतिर टेन्ट पर्खाल भएपनि टिकट बिक्री भन्दा दर्शक बढी र दर्शक प्रवेशसँगै समयबजी बढी खर्च भएकोमा जेसा अध्यक्षलाई दुःख लाग्यो र मञ्चमै गएर बेइमान व्यवहारप्रति आपति जनाए । दर्शक दीर्घामा हजारको सय भन्दा बढी, ५०० को पाँच सय भन्दा बढी र ३०० को पनि त छँदै थियो भने गलत समाचार आयोजकलाई कसले दियो । प्रश्न उठेको छ दर्शकदिर्घाबाट । यो समाचार सम्पे्रशनले सहि दर्शकलाई मनमा के चिसो पस्दैन ?

सफल/असफल

    कार्यक्रम सफल भयो । कसैले तीन वटा गीतसम्म पड्काए भने कसैले २ र कसैले एउटा गीत गाएरै चित्त बुझाए त कसैले गाउँदा गाउँदै बीचमै रोक्न आईदिँदा असहज महसुश गर्नुप¥यो भने कति ब्याण्ड त प्रस्तुत नै गर्न पाइएन ।

No comments:

Post a Comment