Friday, October 19, 2012

जनकवि दुर्गालालको सम्मान

जनकवि दुर्गालालको सम्मान

‘झी नेवाः’ को भिसिडि  विमोचन गर्दै मानन्धर

वर्ष ९, अंक २९ (२०६९ कार्तिक ३ गते शुक्रबार)
    कीर्तिपुर  । मंगल उच्च मावि कीर्तिपुरद्वारा रचित ‘झी नेवाः’ डिभिडीको अनावरण प्रमुख अतिथि विद्यार्थी सुनिता मानन्धरको आतिथ्यमा शनिबार मंगल उच्च माविमा एक कार्यक्रमबीच सम्पन्न भयो ।
    मंगल उच्चमाविको स्वर्ण जयन्तीको अवसरमा तयार पारेको सो डिभिडी तयार पार्न प्रमुख भूमिका खेल्नु हुने रचनाकार जनकवि श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा.शिवशरण महर्जनले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा प्रा.डा. महर्जनले ‘झी नेवाः’ को रचना गरी नेपालभाषाको क्षेत्रमा एउटा उदाहरणीय काम भएको र यो भिसिडीबाट ज्ञान प्राप्त गर्न सफल हुनेमा विस्वास गर्नुभयो । वहाँले दुर्गालालको यस्तो कृति नेपालीको लागि प्रथप्रदर्शक हुने बताउनुभयो ।
    विद्यालयका प्रधानाध्यापक प्रदीप महर्जनको सभापतित्वमा भएको कार्यक्रममा डिभिडीका संगीतकार गुज्जे मालीले डिभिडी तयार गरेको बारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा सप्रअ लोकलाल महर्जनले स्वागत मन्तव्य र रोमिना महर्जनले कुमारी नृत्यबाट स्वागत गर्नुभएको थियो । त्यसै अवसरमा प्राथमिक विद्यालयस्तरीय कीर्तिपुर सामुदायिक विद्यालयहरुबीच नृत्य प्रतियोगिता भएको थियो ।
    नृत्य प्रतियोगिता  दिलीप महर्जन, लक्ष्मी केसी, देवेन्द्र महर्जनको निर्णायक मण्डलबाट मूल्याङ्कन भएको सो प्रतियोगितामा मंगल उच्च मावि प्रथम, बालकुमारी मावि द्वितीय, आदिनाथ मावि तृतीय र जनसेवा मावि चौंथो भएका थिए ।
    विजयी विद्यालयलाई जनकवि दुर्गालाल श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment