क्षेत्रीय च्याम्पियनको फुटबलमा ब्वाईज स्पोर्टस क्लव र दक्षिणकालीबीच भिडन्त हुने
वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
काठमाडौं । युवा संघ नेपालद्वारा आयोजित काठमाडांै १० नं. क्षेत्रीय कप फुटबल प्रतियागितामा ब्वाईज स्पोर्टस क्लव कीर्तिपुर–९ र महादेवस्थान गाविसबीच उपाधिको लागि अन्तिम भिडन्त शनिबार हुने भएको छ ।
लेवोरटरी उच्च माविको फुटबल मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा ब्वाईज स्पोर्टस क्लवले शेष नारायण ‘बी’ लाई १–० ले पराजित ग¥यो भने दक्षिणकालीले महादेवस्थानलाई ३–० पराजित गरी अन्तिम चरणमा प्रवेश गरेको हो ।
२२ गते भएको क्वाटर फाइनल खेलमा महादेवस्थानले छ्वाली ग्रुपलाई ३–० ले, दक्षिणकालीले समाजकल्याण कीनपा–७ ले २–० ले र पराजित गरी सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसैगरी २३ गते भएको क्वाटर फाइनल खेलमा शेषनारायण ‘क’ ले मच्छेगाँउ युवा खेलकुद विकास समितिलाई २–१ ले र ब्वाईज स्पोर्टसले थानकोट विकास समितिलाई २–० ले पराजित गरी सेमिफाइनल यात्रा तय गरेको थियो ।
प्रथम पटक आयोजना गरेको क्षेत्रीय कप फुटबल प्रतियोगितमा प्रथम हुने ले रु.४० हजार नगद सहित ट्रफी हातपर्ने छ भने दोस्रो हुनेले रु. २० हजार नगद सहित ट्रफी हात पार्नेछन् ।
प्रतियोगितामा २४ टीम सहभागी भई असोज १३ गतेबाट संचालन भएको थियो ।

No comments:
Post a Comment