Friday, October 12, 2012

जनकवि दुर्गालालको सम्मान तथा बालगीत भिसिडी ‘झी नेवाः’ विमोचन हुने

जनकवि दुर्गालालको सम्मान तथा बालगीत भिसिडी ‘झी नेवाः’ विमोचन हुने

वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
    कीर्तिपुर । मंगल उच्चमाविको स्वर्ण जयन्तीको उपलक्ष्यमा जनकवि दुर्गालाल श्रेष्ठलाई एक समारोहवीच मंगल उमाविले भोलि २७ गते शनिवार सम्मान गर्ने भएको छ ।
    साथै जनकवि श्रेष्ठद्वारा रचित तथा कीर्तिपुरका संगीतकार गुज्जेमालाकारद्वारा संगीतवद्ध बालगीतहरुको भिसिडी ‘‘झी नेवाः” विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।
    सो कार्यक्रम दिनको ठीक १ बजे मंगल उच्चमाविको प्राङगणमा सुरु हुने आयोजकले जनाएको छ ।
    स्मरणीय छ, यस विद्यालयको स्थापना वि सं. २०१९ सालमा भएको थियो । यस विद्यालयमा अहिले मंगल बहुमुखी क्याम्पस अन्तर्गत ब्यवस्थापन संकायमा ३ बर्षे वीवीएस र शिक्षा शास्त्र संकायमा ३ बर्षे वी एड र ब्यवस्थापन, शिक्षा शास्त्र र मानविकी प्लस टु कक्षा संचालनमा रहेको छ ।

No comments:

Post a Comment