Friday, October 12, 2012

ओलम्पिक पुरस्कार वितरण लाछीमा हुने

ओलम्पिक पुरस्कार वितरण लाछीमा हुने

वर्ष ९, अंक २८ (२०६९ असोज २६ गते शुक्रबार)
    कीर्तिपुर । कीर्तिपुर नगर क्षेत्रीय सामुदायिक विद्यालयको सामाजिक विषय समितिको संयोजन तथा जनसेवा उच्च माविको आयोजनामा कीर्तिपुर स्रोत केन्द्रव्यापी अन्तरमाविस्तरीय हाजिरीजवाफ प्रतियोगिताको पहिलो चरण जनसेवामा २०६९ साल असोज १९ गते शुक्रबार कीर्तिपुर नगर क्षेत्रीय सामुदायिक विद्यालयका अध्यक्ष तथा जनसेवा उच्च माविका प्राचार्य नन्दकुमारी महर्जनको अध्यक्षतामा सम्पन्न भयो ।
    सहभागी सामुदायिक ९ वटा विद्यालहरुमध्ये ५ वटा उत्कृष्ट विद्यालयहरु जनसेवा, मंगल, वैष्णवी, बालकुमारी र कीर्तिपुर माविवीच आज असोज २६ गते शुक्रबार फाइनल प्रतियोगितामा प्रतिस्पर्धा हुने सामाजिक विषय समितिका संयोजक दुर्गाबहादुर महर्जनले सहिदलाई बताउनु भयो । साथै जनसेवा ओलम्पिक खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भोलि शनिबार पाँगा लाछीमा हुने विद्यालयले जनाएको छ ।

No comments:

Post a Comment