Friday, November 23, 2012

नेपाल सम्वत् ११३३ को स्वागत देशभर विविध कार्यक्रम गरी मनाइयो

नेपाल सम्वत् ११३३ को स्वागत

देशभर विविध कार्यक्रम गरी मनाइयो

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    नेपालको आफ्नै मौलिक सम्वत् नेपाल सम्वत् ११३२ को बिदाई र ११३३ को स्वागत देशभर नै विविध कार्यक्रम गरी मनाइयो ।
    नेपाल सम्वत् ११३३ पारु, बुधबारका दिन मनाइएको नयाँ वर्षको कार्यक्रमहरु हाम्रो सम्वाददाताले पठाएको उपत्यकाको प्रमुख गतिविधि यहाँ प्रस्तुत छ ।

काठमाडौं–

    नेपाल सम्वत् राष्ट्रिय न्हू दँ (नयाँ वर्ष) समारोह समितिको आयोजनामा काठमाडौं बसन्तपुरबाट प्रभातफेरि गरियो ।
    विभिन्न भेषभुषा र सांस्कृतिक बाजागाजाका साथ भएको ¥याली खुलामञ्चमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रमको उद्घाटनत गर्दै प्रम बाबुराम भट्टराईले यस वर्ष नेपाल सम्वत्लाई व्यवहारिक प्रयोग गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कीर्तिपुर

    नेपाल सम्वत् ११३३ कीर्तिपुरमा यस वर्ष कुटुझोलको आयोजनामा भव्य रुपले मनाइयो । कीर्तिपुर र नगाउँका टोलटोलमा सांस्कृतिक बाजागाजा र विविध भेषभुषामा परिक्रमा गरेको थियो । नेपाल सम्वत् प्रवर्तक शंखधर साख्वाको प्रतिमा बोकी नगर परिक्रमापछि कुटुझोलमा पुगी सभामा परिणत भएको थियो । सभामा सहभागी संघसंस्थालाई आयोजकले प्रशंसापत्र प्रदान गरी धन्यवाद व्यक्त गरेको थियो अर्को वर्षको आयोजकको जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
    कुटुझोल आयोजकले नयाँ वर्षको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम र रक्तदान कार्यक्रम समेत गरेको थियो ।

पाँगा

    पवित्र महिला समूह भुजिन्दको आयोजनामा पाँगामा पनि भव्यरुपले नेपाल सम्वत् मनाइयो । दाफा गुरु नरसिं महर्जनद्वारा रिवन काटी उद्घाटन गरिएको सो प्रभातफेरि भुजिन्दबाट शुभ सगुन प्रदान गरी प्रारम्भ भएको थियो । पाँगाका विविध टोलटोलमा भेषभुषा र सांस्कृतिक टोलीसहित परिक्रमा गरी पुनः भुजिन्दमा पुगी सभामा परिणत भएको थियो ।

     आयोजक समितिका अध्यक्ष ज्ञानी महर्जनको अध्यक्षतामा भएको सभामा भुजिन्द टोलका ज्येष्ठ नागरिक बाबुलाल महर्जन र ज्ञानी  महर्जनलाई प्रमुख अतिथि दाफा खलका गुरु नरसिं महर्जनले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा सहभागी महिला समूह र संघसंस्था र सहयोगी संघसंस्था र व्यक्तिलाई प्रशंसापत्र र राजभाई जकमीको भीसीडी प्रदान गर्नुभएको थियो । कार्यक्रममा जन कलाकार रामकृष्ण दुवाल, जनसेवाका प्राचार्य नन्दकुमारी महर्जन, मेनुका महर्जन, चन्द्रमाया महर्जन लगायतले बोल्नुभएको थियो ।
    पाँगामा म्हपूजा मण्डला प्रतियोगिता गर्ने क्रममा यस वर्ष दिउखेल मण्डला प्रथम, लखु मण्डला द्वितीय र सहिदपथ मण्डला तृतीय भएको घोषणा गर्दै क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरेको थियो ।
    मण्डलाको मूल्याङ्कन जीवन महर्जन, कुलबहादुर महर्जनले गर्नुभएको थियो ।

भक्तपुर

    नेपाल सम्वत् ११३३ भक्तपुरमा नेपाल भाषा साहित्य तःमुज्याको आयोजनामा भव्य रुपले मनाइयो ।
    सूर्यमढीबाट सुरु भएको ¥याली खौमा टोलमा पुगी समापन भएको थियो । समापन समारोहमा प्रमुख अतिथि प्रेम सुवालले नेपाल भाषाका अगुवा मा.जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा सुवालले भाषा र सम्वत्को विकासमा जनचेतना र संघर्षको जरुरत रहेको बताउँदै हरेक आन्दोलन राजनैतिक आन्दोलनको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा तःमुज्याका अध्यक्ष कान्छा वाशुकलाको सभापतित्वमा भएको थियो ।

लोहकोट

    काठमाडौंको पश्चिम क्षेत्रका १३ वटा गाविसको संयुक्त कार्यक्रम नेपाल सम्वत् ¥याली लोहकोटको आयोजनामा सम्पन्न भयो ।
    मोटरसाइकल र गाडीमा बसी १३ वटा गाविस परिक्रमा गरी पुनः लोहकोटमा पुगी समापन भएको थियो । त्यस अवसरमा नेपाल भाषा र नेपाल सम्वत्को आन्दोलनमा लागिरहनुभएका व्यक्तित्वलाई सम्मान गरेको थियो ।

ललितपुर

    नेपाल सम्वत् ११३३ नयाँ वर्ष आयोजक समिति ललितपुरको आयोजनामा भव्य रुपले मनाइयो ।
    मंगलबजारबाट सुरु भएको ¥याली ललितपुर उप महानगरपालिकाका विभिन्न टोल परिक्रमा गरी मंगलबजार पुगी समापन भएको थियो ।
    समापन समारोहमा आयोजक समितिका अध्यक्ष सत्यमोहन जोशीले सबैलाई धन्यवाद दिनुभएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete