Friday, November 23, 2012

टेलिकमले १६८२ लाख बोनस बाँडे

टेलिकमले १६८२ लाख बोनस बाँडे

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई दशैं, तिहार र  छठमा मोवाइल फोन प्रयोग गरेबापत १६ करोड ८१ लाख रुपैयाँ बोनस दिएका छन् ।
    असोज ३० गतेदेखि टेलिकमले जिएसएम, प्रिपेड मोवाइलका उपभोक्ताले कल गर्दा खर्च गरेको रकमको १० प्रतिशत रकम फिर्ता दिने सार्वजनिक सूचना जारी गरेको थियो । टेलिकमले मंसिर ४ गतेसम्म कल गर्दा खर्च गरेका रकम १० प्रतिशत मंगलबार देखि फिर्ता दिन थालेको हो ।
    बोनसको रुपमा प्राप्त रकम २ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ । पोष्टपेड मोबाइल उपभोक्तालाई गराएको छुट सुविधा समायोजन भने कार्तिक महिनाको बिलमा मात्र गरिने जनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete