चिकपा महासचिवमा सि जिनपिङ
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी सि जिनपिङलाई पार्टीको सर्वोच्च नेता चुनेको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको नयाँ स्थायी समितिमा चुनिएका सात सदस्यसहित ग्रेट हलको पत्रकार सम्मेलनमा आएका सिले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको र आफू पार्टीको सर्वोच्च पद महासचिवमा चुनिएको बताउनुभयो ।
पार्टी केन्द्रीय समितिको बैठकले सिलाई पाटीृको महासचिवसँगै पार्टीको केन्द्रीय सैन्य आयोगको अध्यक्ष पनि चयन गरेको छ । मार्चमा हुने राष्ट्रिय जनकँग्रेसबाट सिलाई राष्ट्रपति चयन गरिनेछ ।
चिनियाँ कम्युनिष्ट पार्टीको साता लामो १८ औं राष्ट्रिय महाधिवेशन ३७६ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरी बुधबार सकिएको थियो । बिहीबार बिहान बसेको २०५ पूर्ण र १७१ वैकल्पिक केन्द्रीय समिति सदस्यहरुको पहिलो विस्तारित बैठकले दुई महिलासहित २५ सदस्यीय पोलिटब्यूरो, सात सदस्यीय पार्टीै सचिवालय गठन गरेको हो । बैठकले महासचिव सि जिनपिङलाई पार्टीको केन्द्रीय सैन्य आयोगको अध्यक्ष बनाएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
नौबाट सात सदस्यमा सीमित गरिएको नयाँ स्थायी समितिमा महासचिव सि जिनपिङ (५९) पछि लि कस्याङ (५८) दोस्रो स्थानमा आएका छन् । जसले प्रधानमन्त्री वेन जियाबाओको स्थान लिनुहुनेछ । स्थायी समितिका अन्य पाँच सदस्यमा झाङ डेजियाङ (६५) राष्ट्रिय जन कँग्रेसको अध्यक्ष, यु झेङसेङ (६७) चिनियाँ जनराजनीयितक परामर्श सम्मेलन (सीपीपीसीसी) को अध्यक्ष, लिउ युनसाङ (६५) पार्टी सचिवालय प्रमुख, वाङ किशान (६४) पार्टी अनुशासन निरीक्षण आयोगको अध्यक्ष र झाङ गाओली (६५) उपप्रधानमन्त्री तथा आर्थिक मामिला प्रमुख बन्ने क्रममा रहनु भएको छ ।
सि र लि २००७ देखि नै स्थायी समितिमा हुनुहुन्थ्यो भने अन्य पाँच पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । चीनमा ७० वर्षमा नेतृत्वबाट अवकाश लिनुपर्ने नियमअनुसार राष्ट्रपति सि र प्रधानमन्त्री लिबाहेक स्थायी समितिका पाँच सदस्यले पाँच वर्षपछि हुने पार्टीको १९ औं राष्ट्रिय महाधिवेशनबाट बिदा लिनुहुनेछ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete