कार्तिक नाच सुरु
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
ललितपुर, ४ मंसिर । मल्लकालीन धरोहरका रुपमा रहेको कार्तिक नाच सोमबारबाट सुरु भएको छ ।
सुरुवातको तीनदिनसम्म बाठाहरुको नाटकलाई देखाइने कार्तिक नाच व्यवस्थापन समितिका निर्देशक हरिमान श्रेष्ठले बताउनुभयो ।
तत्कालीन समयमा मानिसहरु दिनभरी खेती किसानीमा व्यस्त हुने भएकोले साँझको समयमा नाच देखाइने भएकोले अहिले पनि साँझ ७ बजेपछि नै कार्तिक नाच सुरु हुने गर्दछ ।
मल्ल्कालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि भनेर वि.सं. १६९७ देखि सो नाच चलाउन सुरु गरेका थिए । सोही समयदेखि नै कार्तिक नाचले निरन्तरता पाएको हो ।
नाटक, हास्यव्यङ्ग्य, विभिन्न देवीदेवताको नाचलाई समावेश गरेर पहिले एक महिना नै नाच सञ्चालन गरिने भएपनि २०३८ सालदेखि आठदिन मात्र नाच सञ्चालन गर्न थालिएको छ ।

No comments:
Post a Comment