Friday, November 23, 2012

बाघभैरवमा अभिनन्दन, कदर पत्र प्रदान

बाघभैरवमा अभिनन्दन, कदर पत्र प्रदान

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    बाघभैरव मावि चम्पादेवीमा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक छात्रवृति प्रदान गर्नुभएका महानुभावहरुलाई अभिनन्दन, कदरपत्र र विद्यार्थी छात्रवृति एक समारोहबीच कार्तिक २६ गते प्रदान गरियो ।
    काठमाडौं जिल्ला शिक्षा अधिकारीले ५ जना पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरु नारायण बस्नेत, विष्णु रिजाल, रत्न महर्जन, निरञ्जन खड्का, देव बहादुर बानियाँ र वर्तमान अध्यक्ष चन्द्रबहादुर लामालाई अभिनन्दन गरेको थियो ।
    त्यसैगरी स्कुललाई सहयोग गर्नुहुने मुकुण्ड बहादुर प्रधान, हर्षमान महर्जन, आकर्षण प्रधान, सीतालगायतलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।
    सो कार्यक्रममा विद्यार्थीहरुलाई छात्रवृति र एसएलसीमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रु. ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
    कार्यक्रममा शिक्षक सरेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै विद्यालयको विगत, वर्तमानको स्थितिबारे र भविष्यमा सुधार गर्नुपर्ने  अवस्थाबारे बोल्नुभएको थियो ।
    कार्यक्रम विद्यालयका प्रधानाध्यापक बद्री खनालको सभापतित्वमा भएको थियो ।

No comments:

Post a Comment