दोषीलाई कारबाही हुनुपर्दछ
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
कीर्तिपुर । कार्तिक १ गते कीर्तिपुर–रत्नपार्क चल्ने बा.२ख १८९२ को माइक्रोबसको ठक्करबाट निधन भएका ५० वर्षीय प्रकाश महर्जन र ४३ वर्षीय मछिन्द्र महर्जनको सम्झनामा ते¥हौं दिनको पुन्यतिथिमा खासीबजारमा श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
पासा पुचः युवा क्लवका सदस्यद्वयको निधन भएकोले क्लवकै आयोजनामा सो श्रद्धाञ्जली सभामा पूर्व सभासद् दिलीप महर्जनले निर्दोषलाई फसाएर वास्तविक दोषी लुकाएकोमा आपत्ति व्यक्त गर्नुभयो । स्थानीय सरकारले सडकको विस्तारमा दायाँबायाँ घर बनाउँदा अनिवार्य पेटी छाड्न लगाउनु पर्ने कार्य नगरेको मा गुनासो पोख्नु भयो ।
कार्यक्रममा स्थानीय राजकुमार नकर्मी, सुरेन्द्र मानन्धर, राजेन कुमार श्रेष्ठ, सानुबाबु परियार, निलेश नकर्मी लगायतले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको थियो साथै दुर्घटना न्यूनीकरण गर्न जरुरी भएको बताउनु भएको थियो ।
कीर्तिपुर महानगरीय प्रहरी प्रभागका प्रमुख ज्ञानकुमार महत्तोले पनि बोल्नुभएको सो कार्यक्रम पासा पुचः क्वलका अध्यक्ष विजय प्रकाश महर्जनको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा दिवंगत २ जना महर्जनको तस्विरमा माल्यार्पण र पुष्प गुच्छा चढाई एक मिनेट मौन धारण गरेको थियो भने त्यही ठक्करबाट घाइते हुनु भएका देवानन्द शाहीको शीध्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

No comments:
Post a Comment