राष्ट्रपति शासनले मात्र देशको अस्थिरता अन्त्य हुने
![]() |
कार्यक्रममा सहभागी अतिथिहरु |
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
कार्तिक ११ गतेदेखि सुरू भएको दुईदिने नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम राजनीतिज्ञ, साहित्यकार, बुद्धिजीवी, चिकित्सक, जलस्रोत विश्लेषक, इतिहासकार, संस्कृतिविद्, भाषाविद्, कानुनविद्, हावापानी विज्ञ, आदि विशेष अतिथिहरूको मन्तव्यसहित शनिबार सम्पन्न भयो । ‘जनता म्वासा भाषा म्वाई’ (जनता रहे भाषा रहन्छ) भन्ने मूल नाराका साथ ३१ वर्षअघि सुरु भएको साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको दत्तात्रयमा सम्पन्न भएको हो ।
वरिष्ठ संस्कृतिविद् हरिराम जोशीले उद्घाटन गर्नुभएको सम्मेलनको दुवै दिनको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले राष्ट्रपति शासन नहुञ्जेलसम्म देशको अस्थिरता अन्त्य नहुने विचार राख्नुभयो ।
देशलाई असफल राष्ट्र बनाउन साम्राज्यवादी र विस्तारवादीहरू लागिरहेको तर्फ औंल्याउँदै उहाँले नेपाललाई प्रयोग गरेर उत्तरी छिमेकी (चीन) तिर हान्नेप्रति नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।
समाजवाद सफल भए पूँजीवाद धमाधम खतम हुने र साम्राज्यवादको अन्त्य हुने भएकोले संरा अमेरिकाले समाजवादी देशहरू क्युवा र प्रजग कोरियामाथि नाकाबन्दी लगाउँदै आएको हो भन्नुभयो । नाकाबन्दी एक निकृष्ट किसिमको आतङ्कवाद भएको बताउँदै उहाँले नाकाबन्दी तत्काल फिर्ता लिनुपर्ने माग गर्नुभयो ।
साम्राज्यवादले एक एक गरी स्वतन्त्र र सार्वभौम देशहरूमाथि आक्रमण र कब्जा गर्दै अघि बढिरहेको औंल्याउँदै उहाँले साम्राज्यवादविरोधी भावना अझ व्यापक बनाउन युवा–विद्यार्थी, किसान, मजदुरहरूले प्रभावकारी गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो ।
दोस्रो दिनको मन्तव्यमा अध्यक्ष रोहितले जनताको पक्षमा साहित्य निरन्तर लेखिरहनुपर्नेमा जोड दिंदै कुनै पनि निकाय र स्थानमा योग्य व्यक्ति राख्नुपर्छ भन्नुभयो ।
स्थानीय निकायको अर्को निर्वाचन नभएसम्म पुराना निर्वाचित सदस्यहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने विचार राख्दै उहाँले भन्नुभयो – स्थानीय निकायको निर्वाचन नगर्दा जनताको समस्या बढ्दै गयो, अहिले देखिएका सबै समस्या र कमि कमजोरीको दोषी चुनाव नगर्ने सत्तासीन दलहरू नै हुन् ।
नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले पहिलो दिनको कार्यक्रममा बोल्दै आफूलाई ठूलो कम्युनिष्ट ठान्ने नेकपा एमाओवादी भारतद्वारा सञ्चालित रहेको उल्लेख गर्नुभयो । उहाँले एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रम बाबुराम भट्टराई भारतपरस्त भएको बताउनुभयो ।
उहाँले नेपालका ठूला दल कहलिएका एमाओवादी, नेका, एमाले तथा मधेसवादी दलहरू भारतीय दलाल सावित भइरहेको बताउँदै भारत नेपाललाई उपनिवेश बनाउने षड्यन्त्रमा लागिरहेको छ भन्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले आफूलाई भक्तपुरमा गरिएको अद्भूतपूर्ण स्वागतप्रति आफू कृतज्ञ भएको बताउनुभयो ।
उहाँले नेपाल र चिनियाँ सांस्कृतिक गतिविधिहरू एक–आपसमा आदानप्रदान हुनुपर्ने बताउँदै मजदुर र किसानको हितका लागि गर्नसकिने गतिविधिलाई अझ मजबुत बनाउन वर्षौंदेखिको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै पक्षबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले नेपाली जनताको चाहनाका रुपमा रहेको शान्ति र संविधानलाई ठूला दलले कुठाराघात गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारीसांस्कृतिक संघका अध्यक्ष सुरेन्द्रराज गोसाईंले गत शनिबार श्रीलङ्काको राजधानी कोलम्बोमा सम्पन्न क्युवाप्रतिको ऐक्यबद्धताको छैटौं क्षेत्रीय सम्मेलनको अनुभव सुनाउनुभयो ।
विश्लेषक जलस्रोतविज्ञ रत्नसंसार श्रेष्ठले वर्तमान सरकारले ऊर्जा सङ्कटलाई टार्ने नाममा दुई दिन बिदा दिने निर्णय गर्नु हाँस्यास्पद र सरकारको बौद्धिक दरिद्रताको उपज भएको बताउनुभयो ।
संस्कृतिविद् हरिराम जोशीले साहित्य, कला र सङ्गीतविहीन मानिस पशुसरह हुने चर्चा गर्दै विश्वमा परिवर्तनका लागि साहित्यले ज्यावलको काम गर्दै आइरहेको बताउनुभयो ।
इतिहासविद् एवं अनुसन्धानकर्ता पुरुषोत्तमलोचन श्रेष्ठले परिवर्तन अवश्यम्भावी भएको बताउँदै दसैंमा उडाइने चङ्गाको ऐतिहासिकताबारे बोल्नुभयो ।
पहिलो दिनको सम्मेलनको सभापतित्व वरिष्ठ प्राध्यापक सर्वज्ञभक्त मल्लले गर्नुभएको थियो । सोही दिन भाषाविद् रमापतिराज शर्मालाई अभिनन्दन गरिएको थियो ।
दोस्रो दिनको कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका निर्वाचित नगर प्रमुख प्रेम सुवालले सरकार र पुरातत्त्व विभागले स्मारक स्थलको कला र संस्कृति संरक्षण नगरेकै कारण उपत्यकाका सम्पदा स्थलहरू एक समयमा खतराको सूचीमा परेको विचार व्यक्त गर्नुभयो । राष्ट्रपतिमार्फत् बाधा अड्काउ फुकाउ गरेर तटस्थ व्यक्तिहरूको सरकारमार्फत् संसद निर्वाचन गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालस्थित प्रजग कोरिया राजदूत किम योङ सुकले नेपाल र कोरियाबीच साहित्यिक र सांस्कृतिक सम्बन्ध विकास गर्नुपर्ने चर्चा गर्दै विभिन्न जातजाति र भाषाभाषीले आफ्नो साहित्य र संस्कृति प्रस्तुत गरेको कार्यक्रममा भाग लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले काठमाडौं उपत्यका सिङ्गै नेपालको सम्पदा भएको हुँदा यसलाई मात्र जोगाउन सके पनि नेपाललाई समृद्ध पार्न सकिने चर्चा गर्दै सबैले आफ्नो भाषा, साहित्य, संस्कृति जोगाउनुपर्ने विचार राख्नुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधानसभा पुनःस्थापनामा कानुनी, न्यायिक र नैतिक आधार नभएको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गरी नयाँ चुनावमा जानुपर्ने विचार राख्नुभयो । उहाँले स्थानीय निकायको निर्वाचन हुन नसक्दा प्रजातन्त्रको जग नै कमजोर भएको उल्लेख गर्दै देश सङ्कटको ब्लाक होलमा फसेको बताउनुभयो ।
वरिष्ठ बामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठले साहित्यमा माकर्सवादी दृष्टिकोणबारे विचार राख्दै शासक वर्गले सत्ता टिकाउन प्रहरी, सेना र कानुनमात्र होइन धर्म र साहित्यलाई पनि प्रयोग गर्छन् भन्नुभयो । मजदुर किसानको पक्षमा र परिवर्तनको पक्षमा साहित्य लेख्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – भाषाको वर्ग छैन तर साहित्यको वर्ग हुन्छ । साहित्यले जनतालाई परिवर्तनको निम्ति प्रेरणा दिनुपर्छ ।
वरिष्ठ वैज्ञानिक डा.तीर्थबहादुर श्रेष्ठले भाषा लोप भए ज्ञान लोप हुने र संस्कृति समाप्त हुने बताउनुभयो । उहाँले पुरानो नामले इतिहास बताउने उल्लेख गर्दै नाम कालले पनि नखाने नेपाली आहान उल्लेख गर्नुभयो ।
हावापानी विशेषज्ञ जनकलाल श्रेष्ठले कृषि उत्पादन बढाउन सिंचाइको सुविधा हुनुपर्ने भन्दै देशको विकासको निम्ति राजनीतिक समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
डा. शम्भु पहाडीले ठूला दलले देशको निम्ति केही गर्न नसकेको उल्लेख गर्दै कुनै पनि पार्टी विचारले ठूलो हुने विचार राख्नुभयो ।
नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैंजूले नेमकिपा एनजीओ र आइएनजीओको कट्टरविरोधी रहेको आफूलाई थाहा भएको चर्चा गर्दै नेपाः राष्ट्रिय पार्टीका एक व्यक्ति ऊर्जा मन्त्री भएको नाताले आफू सत्तापक्षीय भए पनि सरकारले गरेको बिप्पा सम्झौताको आफ्नो पार्टीले विरोध गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले जनताको संविधान नदिने र संविधानसभाको हत्या गर्ने दललाई जनताबीच उदाङ्ग््याउन नसके फेरि जनतालाई धोका दिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा डा. आरती शाह, साहित्यकार नारायणप्रसाद आचार्य, कवयित्री बेबी झालगायतले आप्mनो साहित्य वाचन गर्नुभएको थियो ।
युवा कवि दामोदर सुवालको सभापतित्वमा भएको दोस्रो दिनको कार्यक्रममा सम्मेलनमा वाचित उत्कृष्ट साहित्य रचना गर्नेहरूलाई समाजसेवी कैलाशभक्त प्रधानाङ्गले पुरस्कार वितरण गर्नुभएको थियो । सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष केबी प्रजापतिले स्वागत मन्तव्य, सचिव सञ्जय मानन्धरले धन्यवाद ज्ञापन र कोषाध्यक्ष नातिभाइ ह्योम्बाले आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।
वरिष्ठ प्राध्यापक सर्वज्ञभक्त मल्लको सभापतित्वमा भएको तःमुंज्याको पहिलो दिनको कार्यक्रममा आयोजक समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले स्वागत मन्तव्य र तःमुंज्याका अध्यक्ष कान्छा बासुकलाले पनि बोल्नुभएको थियो ।
सम्मेलनमा कथातर्फ कृष्णश्वरी दुवाल प्रथम र श्रीया पहिजू द्वितीय हुनुभयो भने कवितातार्फ प्रेम प्रजापति प्रथम र रेणु वाइजू द्वितीय हुनुभएको थियो ।
दुवै दिनको औपचारिक कार्यक्रमपश्चात् राती विविध सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो ।

No comments:
Post a Comment