Monday, November 5, 2012

लायन्स क्लवको च्यारिटी हस्तान्तरण कार्यक्रम हुने

लायन्स क्लवको च्यारिटी हस्तान्तरण कार्यक्रम हुने

वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
    सिडनी । अष्ट्रेलियामा रहेका नेपालीहरुद्वारा सन् २००९ मा सिडनीमा स्थापित लायन्स क्लब अफ सिडनी नेपाल हिमालयले सामाजिक क्षेत्रमा कार्यरत नेपालका ३ वटा संस्थाहरुलाई सामाजिक विकास कार्यक्रम प्रयोजनको लागि सहयोग रकम प्रदान गर्न लायन्स क्लब अफ काठमार्डौ कीर्तिपुरको संयोजनमा  च्यारिटी हस्तान्तरण कार्यक्रम (Charity Handover Programme) हुने भएको छ । उक्त च्यारिटी हस्तान्तरण कार्यक्रममा पुष्पा बस्नेत – Early Childhood Development Center, रबिन्द्र मिश्र – Help Nepal Network र Rural Empowerment and Development (READI) – जुम्लालाई जम्मा रु. २,१००००/– प्रदान गरिनेछ ।
    कार्यक्रम राराहिल मेमोरियल स्कुल (क्लाउडिया हल) छुगाउँ, कीर्तिपुरमा २०६९ कार्तिक १८ गते शनिबार विहान ११ बजे हुनेछ ।

No comments:

Post a Comment