सवारी साधन जोखिम न्यूनीकरण गर्न सहमति भएका बुँदाहरु
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
मिति २०६९ ।०७ ।०३ गते शुक्रबारका दिन दिनको १३:०० बजेको समयमा कीर्तिपुर नगरपालिका क्षेत्रबात उपत्यकाका विभिन्न स्थानहरुमा सार्वजनिक सवारी साधनहरुबाट हुन सक्ने जोखिमपूर्ण यात्रा, दुर्घटनालाई न्यूनीकरण र सवारी आवागमन प्रभावकारी बनाउने उद्देश्यले यस नगर क्षेत्रमा क्रियाशील राजनैतिक दलका प्रतिनिधि, नागरिक, स्थानीय युवा क्लवका प्रतिनिधिहरु, कीर्तिपुर नगरपालिका कार्यालय, महानगरीय प्रहरी प्रभाग कीर्तिपुर, ट्राफिक प्रहरी कार्यालय कीर्तिपुर, यातायात व्यवसायी संघ एवं सरोकारवाला सम्बन्ध पक्षका प्रतिनिधिहरुको संयुक्त बैठक बसी निम्न बुँदाहरुमा सहमति भई उक्त बुँदाहरुलाई कार्यान्वयन गर्ने निर्णय गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।– सं
निम्न – प्रस्ताव तथा निर्णयहरु :
१) बसपार्क निर्धारण र पूर्वाधार विकासः– यस सम्बन्धमा का.जि.की.न.पा वडा नं. ३ स्थित कीर्तिपुर गेटसँगैको खाली जग्गामा तत्काल हाललाई बसपार्क निर्धारण गरी पूर्वाधार विकासमा सरोकारवाला पक्षसँग समन्वय गर्ने तथा सार्वजनिक सवारी साधनहरु समयमा क्यूको लागि हाललाई तीन वटा बस स्टप (प्रतिक्षालय सहितको) निर्माण गर्ने निर्णय गरियो ।
२) कीर्तिपुर नगर क्षेत्रभित्र पाँगा दोबाटो, नगाउँ चोक, खासीबजार (नगरपालिका कार्यालय), विष्णुदेवी हेल्थपोष्ट, आयुर्वेद होस्टलको अगाडि, वर्षाधारा, कीर्तिपुर गेट बाहिरका स्थानहरुमा तथा नगाउँ भत्केपाटी र पाँगा चोकमा हाललाई तत्काल प्रतिक्षालय सहितको बस स्टप राख्ने ।
३) ट्राफिक चिन्न, संकेत सडक रेखाहरु उपयुक्त स्थानहरुमा तत्काल राख्ने ।
४) विहान तथा रात्रीकालीन समयमा चल्ने सवारी साधनहरु व्यवस्थित तथा सुरक्षित तरिकाले संचालन गर्ने र सोको अनुगमन नव गठित ट्राफिक व्यवस्थापन तथा अनुगमन समितिले गर्ने ।
५) सडक बत्तीको व्यवस्था गरी सवारी साधनहरु चार पाङ्ग्रेको हकमा अधिकतम २० कि.मि. प्रति घन्टा तथा २ पाङ्ग्रे सवारी साधनको हकमा ३० कि.मि प्रति घन्टा अधिकतम गतिमा चलाउने रिङ रोडभित्र सार्वजनिक सवारी साधन पुरा मोड्न निषेध (यू–ट्रन निषेध) गर्ने निर्णय गरियो ।
६) सवारी चालक र परिचालकले स्पष्ट पहिचान हुने किसिमको छुटा छुट्टै पोशाक प्रयोग गर्ने र सोको व्यवस्था सम्बन्धित यातायात समितिले १५ दिनभित्र अनिवार्य व्यवस्था गर्ने साथै परिचयपत्रको समेत व्यवस्था सोही समितिले गर्ने निर्णय गरियो ।
७) सवारी आवगमनमा अवरोध पुग्ने किसिमले कुनैपनि सवारी साधन पार्किङ्ग गर्न, पसल संचालन गर्न, साइकल तथा ठेला पसल, सडक व्यापार गर्न नपाइने ।
८) प्रत्येक बस स्टपको अगाडि पट्टी जेब्रा क्रसिङ्गको व्यवस्था गर्ने ।
९) कीर्तिपुर प्रवेश गेट, सो¥ह खुट्टे पाटी, बैंक रोड, खासीबजार र पाँगा चोकमा सि.सि.टि.भि. राख्ने तथा रातको समयमा पर्याप्त उज्यालोको व्यवस्था गर्ने ।
१०) रिङ् रोड भित्र चल्ने सम्पूर्ण चार पाङ्ग्रे सवारी साधनहरु आकस्मिक सेवा बाहेकका सवारी साधनहरु (वान वय) एकतर्फी मात्र संचालन
गर्ने ।
११) सार्वजनिक हितको विषयमा सार्वजनिक सवारी साधनहरुको अगाडि र पछाडि तथा भित्र पनि सन्देशमूलक फ्लेक्स बोर्ड राख्ने ।
१२) लोकतान्त्रिक चोकदेखि सो¥हखुट्टे पाटीसम्मको सडकको दुवै साइडमा गरिने अव्यवस्थित सवारी पार्किङ्गलाई कालो पत्रे सडक बाहिर सवारी आवागमनमा अवरोध नपुग्ने किसिमले पेटीमा राख्ने, सो¥हखुट्टेपाटी हुँदै पाँगा दोबाटोदेखि नगाउँसम्मको सम्पूर्ण सवारी साधनहरु तोकिएको पार्किङ्ग स्थलमा अनिवार्य राख्ने तथा नगाउँ दोबाटोदेखि बाहिरी गाउँसम्मको सम्पूर्ण सवारी साधनहरु पनि सवारी आवगमन अवरुद्ध नहुने गरी मात्र पार्किङ्ग गर्ने व्यवस्था मिलाउने साथै पाँगा दोबाटोदेखि बाघभैरव स्कुलसम्मको सडकलाई व्यवस्थित गर्ने ।
१३) यात्रु टिकटको व्यवस्था गर्ने ।
१४) ट्राफिक व्यवस्थापन तथा अनुगमन समितिको गठन गर्ने र सोही समितिको अधिनमा रहने गरी एक कोषको स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
१५) पाँगा दोबाटो चोकमा प्रहरी विट राख्ने ।
१६) निर्माण सामग्री सडकमा नराख्ने तथा निर्माण सामग्री ढुवानी गर्ने ठूला सवारी साधनहरु सार्वजनिक बिदाका बाहेक विहान ८:०० बजेदेखि ११:०० बजे र बेलुका ३:०० बजेदेखि ६:०० बजेसमम पिक आवर समय बाहेक मात्र संचालन गर्ने ।
१७) दीर्घकालीन रुपमा सडक पेटीको व्यवस्था गर्दै जाने ।
१८) यातायात व्यवसायीहरुले चालक, परिचालक राख्दा वा नियुक्त गर्दा अनिवार्य रुपमा नागरिकता, सवारी चालक अनुमती पत्र वा अन्य परिचय खुल्ने कागजात फोटो सहितको विवरण राख्ने र एक प्रति प्रहरी कार्यालयमा अनिवार्य उपलब्ध गराउने ।
१९) सडक सवारी यातायातको कारवाहीमा कुनै पनि व्यक्तिले हस्तक्षेप नगर्ने ।
२०) आम जनमानस तथा सवारी चालक, सह–चालकहरुमा सचेतना कार्यंक्रम गठित समितिको पहलमा महिनामा कम्तीमा १ पटक सचेतना कार्यक्रम अनिवार्य गर्ने ।
२१) नगरपालिकाले समय समयमा सडक पूर्वाधार निकासलाई निरन्तरता दिने, मर्मत बिस्तार गर्ने, स्तर उन्नत गर्ने कार्यलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने ।
२२) ट्राफिक व्यवस्थापन तथा अनुगमन समिति देहाय बमोजिमका प्रतिनिधि रहने गरी १५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र कार्यान्वयन गर्ने निर्णय गरियो ।
(क) कीर्तिपुर नगरपालिका
(ख) प्रहरी प्रभाग कीर्तिपुर
(ग) ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर
(घ) राजनैतिक दलका प्रतिनिधिहरु
(ङ) व्यावसायिक समिति
(च) नागरिक समाज
(छ) विभिन्न संघ, संस्था, क्लव .................
२३) बस पार्कबाट छुट्ने सवारी साधनहरुमा समय कार्डको व्यवस्था गरी अनिवार्य पालना गर्ने ।
२४) यातायात व्यवसायी समितिका सम्पूर्ण पदाधिकारीहरुको नामावली विवरण सम्पर्क नम्बर सहितको विवरण प्रहरी कार्यालयमा उपलब्ध गराउने ।
२५) माथि उल्लेखित निर्णयहरु कडाईका साथ पालना गर्न गराउन सबै पक्षबाट पहल गर्ने र अन्य कुनै विवादित विषयमा अर्को बैठकमा छलफल गर्ने भनी सर्वसम्मत निर्णय गरियो । साथै सम्पूर्ण सवारी साधनहरु आजको मिति देखि सुचारु गराउने र सो कार्यमा सबैले सहयोग गर्ने तथा कसैले अवरोध पु¥याउन खोज्नेलाई कारवाही गर्ने निर्णय गरियो ।

No comments:
Post a Comment