क्षेत्रीय कपमा ब्वाईज स्पोर्टस् क्लव च्याम्पियन
वर्ष ९, अंक ३१ (२०६९ कार्तिक २४ गते शुक्रबार)
ब्वाइज स्पोर्टस् क्लव कीनपा–९ युवा संघ नेपालद्वारा आयोजित काठमाडौं क्षेत्र नं. १० क्षेत्रीय फुटबल च्याम्पियन बन्न सफल भएको छ ।
कार्तिक १९ गते लेवोरेटरी उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा ब्वाइज स्पोर्टस् क्लवले दक्षिणकाली गाविसलाई टाइब्रेकरमा ३–० ले पराजित गरी सो उपाधी हात पारेको थियो । खेल अवधी भर खेल सुरु भएको १० मिनेटमै दक्षिणकालीले कर्नर किकबाट जर्सी नं. १० खेलाडी रघुले सुन्दर गोल गरी अग्रता दिलाएको थियो ।
मध्यान्तरपछि समय सकिन १५ मिनेट बाँकी हुँदा ब्वाइजलाई पेनाल्टी किक हान्ने अवसर प्राप्त भयो । डि एरियाभित्र ह्याण्ड भएको बारे दक्षिणकाली अस्विकार गरेपछि आधा घन्टा स्थगित भएको
थियो ।
पेनाल्टी किकलाई ब्वाइज स्पोर्टस्का जर्सी नं.३ का खेलाडी इची महर्जनले सजिलै गोल गरेपछि खेल १–१ बराबरी भएको थियो ।
खेल बराबरी सँगै खेलाडीबीच आक्रात्मक खेल भएपछि निर्णायक रेफ्रीबाट निर्धारित समयभन्द केही मिनेट अधिनै खेलको समय समाप्त भएको घोषणा गरेको थियो । विवादै विवादबीच २:१५ बाट सुरु भएको खेल ५ बजे मात्र टाइब्रेकरबाट अन्तिम निर्णय भएको थियो ।
ब्वाइज स्पोर्टस् खेलाडीहरु सो प्रतियोगितामा बढी गोल गर्नेमा यमन महर्जन, उत्कृष्ट गोलकिपर सुशिल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर जोन महर्जन र उत्कृष्ट प्रशिक्षकमा सन्देश महर्जनलाई घोषित गरिएको थियो ।
प्रतियोगितामा विजयी र उपविजयी र उत्कृष्ट खेलाडीहरुलाई युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले ट्रफी, मेडल र प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रथम ब्वाइज स्पोर्टस्ले नगद ४० हजार र उपविजयी दक्षिणकालीले २० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

No comments:
Post a Comment