कुहिने र नकुहिने फोहर छुट्याए ७८ प्रतिशत फोहर व्यवस्थापन हुने
वर्ष ९, अंक ३१ (२०६९ कार्तिक २४ गते शुक्रबार)
ललितपुर । फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र र ललितपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा एक दिने कार्यशाला मंगलबार सम्पन्न भयो ।
भान्छामा विशेषगरी महिलाले काम गर्ने भएकाले त्यहाँबाट निस्केको फोहरमध्ये कुहिने र नकुहिने छुट्याएर कुहिनेलाई कम्पोस्ट मल बनाउने हो भने ७८ प्रतिशत फोहर व्यवस्थापन गर्न सकिने कार्यशालामा सहभागी वक्ताहरुको भनाइ थियो ।
सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले घरबाट निस्कने जैविक फोहरलाई घरमा ठूलो मात्रामा फोहर व्यवस्थापन हुने बताउनुभयो ।
स्थानीय विकास मन्त्रालयका वातावरण व्यवस्थापन शाखाका उपसचिव चक्रपाणि शर्माले कुहिने र नकुहिने फोहरलाई छुट्याए फोहरमैला व्यवस्थापनमा ठूलो क्रान्ति हुने भन्दै यसमा महिलाको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।
ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नरहरि शर्मा भण्डारीले फोहरमैला व्यवस्थापनाका लागि भनेर वर्षेनी करोडौं रकम खर्च गरिने भएपनि सो अनुरुपको परिणाम भने देखाउन सकिएको छैन भन्नुभयो ।
उपत्यकाबाट मात्रै दैनिक ७५ टन फोहर उत्पादन हुने गरको छ भने यसको व्यवस्थापनका लागि गत वर्ष नौ करोड रुपैयाँ खर्च भएको थियो ।

No comments:
Post a Comment