Friday, December 7, 2012

दर्शनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

दर्शनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
   कीर्तिपुर । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को कीर्तिपुरको दोस्रो वार्षिक साधारण सभा कीर्तिपुरस्थित कृष्ण क्याटरिङ्ग हलमा शनिबार सम्पन्न भयो ।
    गोर्खाका जिल्ला न्यायधिस लिफ्ट बहादुर थार्पा को प्रमुख आतिथ्यमा पानसमा बत्ती बाली उद्घाटन गरिएको सो सभामा वहाँले सरकारी सेयर धनी सदस्य र बचत कर्ताको साझा संस्था हो भन्नुभयो । ऋण दिने र लिनेबीचको व्याजमा असमान दुरीको खाडल कम गर्नुपर्ने सुझाव दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
    त्यसक्रममा वहाँले बढी बचत गर्ने सात जना बचत कर्तालाई खाडा, संस्थामा रहेर सेवा गर्ने ३ जनालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्षले पेस गर्नु भएको थियो । खड्गभावनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष शैलेन्द्र गोपाल प्रधान, प्रेम नेपाल, रिता श्रेष्ठ, रविकर प्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ,।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete