Sunday, December 16, 2012

सुर्खेतको सामुदायिक वनलाई अन्तर्राष्ट्रिय पुरस्कार

सुर्खेतको सामुदायिक वनलाई अन्तर्राष्ट्रिय पुरस्कार


वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    सुर्खेतको कुनाथरीस्थित रुइनियाडाँडा सामुदायिक वनले अन्तर्राष्ट्रिय पर्वतीय विकास पुरस्कार प्राप्त गरेको छ । कुनाथरी गाविसको ३ र ४ नं. वडामा अवस्थित उक्त वनले उत्कृष्टताको आधारमा देशभरमा तेस्रो स्थान हाँसिल गर्दै ४१ हजार रुपैंया राशिको पुरस्कार प्राप्त गर्न सफल भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
    अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा मंगलबार वन उपभोक्ता समूहले राजधानीमा पुरस्कार ग्रहण गरेको सहायक वन अधिकृत सूर्यप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पुरस्कारको प्रथम स्थान स्याङ्जाको गृहकोट कवुलियती वन र द्वितीय स्थान पर्वतको प्रमोद सामुदायिक वनले हाँसिल गरेका छन् ।
    सरकारले देशभरका सामुदायिक वनबाट तीनवटा सामुदायिक वनलाई वर्षेनी उत्कृष्ट घोषणा गर्छ । सामुदायिक वनले स्थानीयस्तरमा गरेको प्रगति, उपभोक्तालाई दिएको प्रभावकारी सेवा र सामुदायिक वन संरक्षणमा पुर्याएको योगदानको मूल्याङ्कनको आधारमा पुरस्कृत भएको शर्माको भनाइ छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete