Sunday, December 16, 2012

गाला थप्पदको मूल्य रु. २८ हजार !

गाला थप्पदको मूल्य रु. २८ हजार  !

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको गालामा थप्पड हान्ने पद्म कुँवर जेलमुक्त भएका छन् । पार्टी अध्यक्ष दाहालको सहयोगी शिव प्याकुरेलले धरौटीबापत लाग्ने रु. २८ हजार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तिरेपछि कुँवर मंगलबार जेलमुक्त भएका हुन् । अध्यक्ष दाहाललाई थप्पड हान्ने कुँवरलाई कारबाही स्वरुप रु. २८ हजार धरौटी राख्नुपर्ने निर्णय गरिएको थियो । धरौटी राख्न नसकेपछि उनलाई जेल चलान गरिएको हो ।
पद्म कुँवर

    एमाओवादीद्वारा मंसिर १ गते आयोजित चियापान कार्यक्रममा सहभागी माओवादीका पूर्व लडाकूले अध्यक्ष दाहाललाई थप्पड हानेका थिए । थप्पड हान्ने कुँवरलाई आक्रोशित माओवादी लडाकूहरूले कुटपिट गरेका थिए । कुटाईपछि उनको उपचार सैनिक अस्पतालमा भएको थियो । उनीविरुद्ध राखिएको मुद्दामा उनले पूर्वयोजना बनाएर होइन आवेशमा दाहाललाई थप्पड हानेको उल्लेख गरिएको छ ।
    थप्पड हान्ने कुँवर पार्टी अध्यक्ष दाहाललाई थप्पड हानेकै कारण कारबाहीमा परेका हुन् । अनि उनै अध्यक्ष दाहालले अभियुक्त कुँवरलाई छुटाउन धरौटीबापत लाग्ने रकम तिरे । आफ्नै कारण मुद्दा खपेका कुँवरलाई उनैले मुक्त गर्न धरौटी दिनुभित्र के रहस्य छ ? विचारणीय छ ।
    अध्यक्ष दाहालले आफै बोक्सी आफै झामीको भूमिका खेलेकोमा राजनीतिक कार्यकर्तामात्र होइन सुरक्षाकर्मीहरू पनि अचम्मित छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete