Sunday, December 16, 2012

कीर्तिपुरमा पार्टी कार्यकर्ता भेला

कीर्तिपुरमा पार्टी कार्यकर्ता भेला

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    कीर्तिपुर, । नेपाल मजदुर किसान पार्टी चौंथौं काठमाडौं जिल्ला सम्मेलन मंसिर ३० र पुस १ गते सफल पार्न नेमकिपा कीर्तिपुर नगरको कार्यकर्ता भेला शनिबार वडा नं. १२ पाँगामा  सम्पन्न भयो ।
    कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य प्रशान्त महर्जनले सम्मेलनमा पार्टीका जनवर्गीय सङ्गठनलगायत पार्टीका सम्पूर्ण समर्थकलाई गोलबन्द गरी सहभागी गराउनुपर्ने बताउनुभयो । पार्टी काठमाडौं जिल्लाका संयोजक नारायण महर्जनले इमानदार र नैतिकताले ठूलो पार्टी नेमकिपा सम्पूर्ण नेपाली जनताको आशाको केन्द्र बनेको बताउनुभयो ।
    नेमकिपा जिल्ला सदस्य नरमान महर्जनले राजनैतिक कार्यकर्ताहरू निराश हुने होइन झन् सचेत सङ्गठित हुनुपर्ने बताउनुभयो । नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा मजदुर संघका विकास महर्जन, नन्द महर्जन, किसान संघका विश्वअमर महर्जन, महिला यशुमति महर्जन, राममाया श्रेष्ठलगायतले बोल्नुभएको थियो ।


मजदुर संघ स्थापना दिवस

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
   नेपाल क्रान्तिकारी मजदुर संघको ४५ औं स्थापना दिवस काठमाडौं वडा नं. ३१ ट्यौडमा शनिबार मजदुर भेला गरी मनाइयो ।
    नेक्रामजदुर संघका उपाध्यक्ष नारायण महर्जनले मजदुरहरू माकर्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराबाट प्रेरित भई मजदुर वर्गको स्वर्ग समाजवादको लागि सङ्गठित हुनपर्ने बताउनुभयो ।
    नेक्रामसंघ काठमाडौं जिल्लाका संयोजक रविन्द्र डंगोलको अध्यक्षतामा भएको भेलामा हरिकृष्ण महर्जनलगायतले बोल्नुभएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete